भोलिदेखि शैक्षिक संस्था र रात्रिकालीन व्यवसाय सञ्चालन हुँदै | Khabarhub Khabarhub

भोलिदेखि शैक्षिक संस्था र रात्रिकालीन व्यवसाय सञ्चालन हुँदै


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भोलिदेखि सञ्चालन हुँदैछन् ।

कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन हुन लागेका हुन् ।

सिसिएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्राललाई गत साता सिफारिस गरेको थियो ।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिसिएमसीले सिफारिस गरेको थियो ।

त्यसैगरी खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सिफारिस भएको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  १० : ०० बजे

सेन्ट्रल जेलबाट भागे टोपबहादुर रायमाझी

काठमाडौँ – नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी केन्द्रीय

सरसफाइमा ‘जेन-जी’

काठमाडौं– परिवर्तनका विभिन्न एजेन्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेन-जी’ले यही भदौ

जनताको जीउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न बारको आग्रह

काठमाडौं– नेपाल बार एसोसिएसनले आम जनताको जीउधनको रक्षा र राष्ट्रिय

मिटिङ बसिरहेका छौँ, देशलाई समृद्ध बनाउने एजेन्डा आउँछ : अनिल बानियाँ

काठमाडौं– जेन-जी पुस्ताको अहिले भर्चुअल बैठक बसिरहेको छ। भर्चुअलमार्फत बैठक

११ सय कैदीबन्दी भगाउन मोरङ कारागारमा हुलहुज्जत, प्रहरीले फायर खोल्यो

काठमाडौँ – ११ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा अराजक