पर्यटन प्रबर्द्धनमा सहकार्य गर्न श्रीलङ्कालाई चेम्बरको प्रस्ताव | Khabarhub Khabarhub

पर्यटन प्रबर्द्धनमा सहकार्य गर्न श्रीलङ्कालाई चेम्बरको प्रस्ताव


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले सार्क सदस्य राष्ट्र श्रीलङ्कासँग पर्यटन प्रबर्द्धनमा सहकार्यका लागि प्रस्ताव गरेको छ ।

नेपालका लागि श्रीलङ्कन राजदूत हिमाली शुभासिनी अरुनातिलकासँग जमलस्थित चेम्बर भवनमा शुक्रबार भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पर्यटन प्रबर्द्धनमा सहकार्यका लागि प्रस्ताव गरेका हुन् ।

अध्यक्ष मल्लले पर्यटन सेवामा सहकार्यमार्फत् दुवै मुलुकले आर्थिक समृद्धि हासिल गर्नुपर्ने पनि बताए ।

आगामी बुद्ध जयन्तीको अवसरमा नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको भन्दै अध्यक्ष मल्लले सीधा हवाई सम्पर्क बढाउन आग्रह गरे ।

श्रीलङ्काबीचको ६५ वर्ष लामो सम्बन्धलाई आर्थिक दृष्टिकोणले पनि परिणाममुखी बनाउनुपर्ने पनि उनले बताएका थिए ।

भेटमा राजदूत हिमालीले नेपाल र श्रीलङ्काबीचको व्यापार सहजीकरणमार्फत् आर्थिक समृद्धिका लागि आफूले पहल गर्ने बताइन् ।

पर्यटन सेवा विस्तार गरेर दुवै मुलुकले आर्थिक लाभ लिन सक्ने भन्दै उनले नेपाल र श्रीलङ्काबीच हवाई सेवा विस्तार गर्न पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

नेपालमा श्रीलङ्काले हाल पूर्वाधार, जलविद्युत, सेवा क्षेत्रमा लगानी गरिरहेको र थप लगानीका लागि उपयुक्त वातावरण खोजिरहेको हिमालीको भनाइ थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १२ : ०७ बजे

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक