पर्यटन प्रबर्द्धनमा सहकार्य गर्न श्रीलङ्कालाई चेम्बरको प्रस्ताव « Khabarhub

पर्यटन प्रबर्द्धनमा सहकार्य गर्न श्रीलङ्कालाई चेम्बरको प्रस्ताव


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले सार्क सदस्य राष्ट्र श्रीलङ्कासँग पर्यटन प्रबर्द्धनमा सहकार्यका लागि प्रस्ताव गरेको छ ।

नेपालका लागि श्रीलङ्कन राजदूत हिमाली शुभासिनी अरुनातिलकासँग जमलस्थित चेम्बर भवनमा शुक्रबार भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पर्यटन प्रबर्द्धनमा सहकार्यका लागि प्रस्ताव गरेका हुन् ।

अध्यक्ष मल्लले पर्यटन सेवामा सहकार्यमार्फत् दुवै मुलुकले आर्थिक समृद्धि हासिल गर्नुपर्ने पनि बताए ।

आगामी बुद्ध जयन्तीको अवसरमा नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको भन्दै अध्यक्ष मल्लले सीधा हवाई सम्पर्क बढाउन आग्रह गरे ।

श्रीलङ्काबीचको ६५ वर्ष लामो सम्बन्धलाई आर्थिक दृष्टिकोणले पनि परिणाममुखी बनाउनुपर्ने पनि उनले बताएका थिए ।

भेटमा राजदूत हिमालीले नेपाल र श्रीलङ्काबीचको व्यापार सहजीकरणमार्फत् आर्थिक समृद्धिका लागि आफूले पहल गर्ने बताइन् ।

पर्यटन सेवा विस्तार गरेर दुवै मुलुकले आर्थिक लाभ लिन सक्ने भन्दै उनले नेपाल र श्रीलङ्काबीच हवाई सेवा विस्तार गर्न पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

नेपालमा श्रीलङ्काले हाल पूर्वाधार, जलविद्युत, सेवा क्षेत्रमा लगानी गरिरहेको र थप लगानीका लागि उपयुक्त वातावरण खोजिरहेको हिमालीको भनाइ थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १२ : ०७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले