‘मिस उर्लाबारी’को तेस्रो संस्करणको तयारी « Khabarhub

‘मिस उर्लाबारी’को तेस्रो संस्करणको तयारी


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी – युवतीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले सञ्चालित ‘मिस उर्लाबारी’को तेस्रो संस्करणको तयारी सुरु भएको छ । प्रतियोगिताका लागि पहिलो अडिसनसमेत उर्लाबारीमा गरिएको छ । सेन्ट्रल फेशन हब उर्लाबारीको आयोजनामा हुने प्रतियोगिताको पहिलो अडिसनमा १८ जना युवतीहरुको सहभागिता रहेको आयोजक तथा संयोजक जीवन चिमरियाले बताए ।

दोस्रो चरणको अडिसन आज शनिबार हुँदैछ । पहिलो चरणको अडिसनमा ‘मिस पूर्वाञ्चल २०१९’ की विजेता रिजु भट्टराई, बैंकर सुमन गिरी, सामाजिक क्षेत्रबाट सरिता केसी, शिक्षा क्षेत्रबाट ज्ञानेन्द्र सुनारले निर्णायक थिए ।

दोस्रो चरणको अडिसन सकेर सहभागीहरुको फाइनल नाम सार्वजनिक गर्दै बन्द प्रशिक्षण थाल्ने आयोजकले जनाएको छ । यस पटक ‘मिस उर्लाबारी’मा सहभागीहरुले कुनै शुल्क तिर्नु नपर्ने भएको छ । प्रशिक्षण शुल्कसमेत नलिने संयोजक चिमरियाको भनाई छ । चैत्र अन्तिममा फिनाले गर्ने गरी तयारी थालिएको मिस उर्लाबारीको पहिलो संस्करणको विजेता नेमिता आङबुहाङ हुन् भने दोस्रो संस्करणको विजेता रुशाली केसी हुन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ८ : २१ बजे

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा