विद्यार्थी मृत्यु प्रकरण : तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्धाको किटानी जाहेरी « Khabarhub

विद्यार्थी मृत्यु प्रकरण : तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्धाको किटानी जाहेरी


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर पीडित परिवारले तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्धाको किटानी दिएका छन् ।

तनहुँको भानु नगरपालिका ९ बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका ९ सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माविका सञ्चालक बाबुराम पौडेल, शिक्षक सरोज ओलिया र शिक्षक तीर्थ सेढाईंविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्धामा जाहेरी दिएका हुन् ।

लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले पीडित परिवारको मागबमोजिम किटानी जाहेरी लिएर अनुसन्धान अघि बढाएको बताए । कार्कीअनुसार किटानी जाहेरी परेका ३ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । लमजुङको सुन्दरबजार नगरपालिका ९ सिउँडीबारस्थित फ्युचरस्टारमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मंगलबार मस्र्याङ्दी नदीमा डुबेर मृत्यु भएको थियो ।

होस्टेलमा बस्दै आएका सनिजलाई बोलाएर होस्टेल शिक्षकले पौडी खेल्न लगेको, र होस्टेलमा बसेका छोरालाई पौडी खेल्न जान स्कुल सञ्चालकले स्वीकृति दिएको पीडित परिवारले आरोप लगाएका छन् । बुधबारको सहमतिअनुसार प्रहरीले जाहेरी नलिएको भन्दै बिहीबार साँझदेखि उनीहरुले अनिश्चितकालीन बन्दको घोषणा गर्दै तनहुँको बाइसजाँगरमा बेंसीसहर–डुम्रे सडक अवरुद्ध गरेका थिए । शुक्रबार प्रहरीले जाहेरी लिएपछि पिडितले जिल्ला अस्पतालमा राखेको शव बुझेर आन्दोलन पनि फिर्ता लिएको पिडितका आफन्त गणेश श्रेष्ठले बताए।

गत मंगलबार दिउँसो भएको घटनालाई लिएर आक्रोशित बाइसजाँगरका स्थानीयले विद्यालयको गेट, स्कुल बस र भ्यानमा तोडफोड गरेका थिए । विद्यालयको लापर्वाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै मंगलबार बाइसजाागरका स्थानीय तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, हवाईफायर र लाठी चार्ज गरेको थियो । स्थानीयले प्रदर्शन चर्काउने सूचना पाएपछि अप्रिय घटना हुन नदिने भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार बिहान ६ बजेदेखि राति ९ बजेसम्म स्कुल भएको सिउँडीबार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ८ : ३८ बजे

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको