‘ब्युटीसियन ट्यालेन्ट नेपाल’को खोजी « Khabarhub

‘ब्युटीसियन ट्यालेन्ट नेपाल’को खोजी


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालका ब्युटिसियनहरुको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति र कला प्रदर्शनको लागि चार वर्षदेखि हुँदै आएको ‘ब्युटीसियन ट्यालेन्ट नेपाल’को लागि प्रतियोगीको खोजी सुरु भएको छ ।

रोज सिप विकास तालिम केन्द्र र विलक्षण क्रियसनले आयोजना गर्दै आएको यो प्रतियोगिताको चौथो संस्करण ‘ब्युटीसियन ट्यालेन्ट नेपाल–२०२२’को लागि प्रतियोगी चयन गर्न फारम खुला गरिएको आयोजक संस्था रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष एवम् ब्युटिसियन सोनी कारजितले जानाकारी दिइन् ।

विजेताको चयन आगामी चैत २५ गते शुक्रबार काठमाडौंमा गरिने भएको छ । जसका लागि चैतको पहिलो साता नयाँ प्रतियोगीहरुको अडिसन लिएर ७ चैतबाट प्रशिक्षण सुरु गर्नेछन् । विगत झैं यसपटक पनि प्रतियोगीहरुलाई दुई साता लामो प्रशिक्षण दिइने भएको छ । प्रशिक्षणको क्रममा उनीहरुलाई वतृत्वकला, व्यक्तित्व विकास, क्याटवाक, गु्रमिङ, मिडिया क्लास, मार्केटिङ क्लास, केराटिन ट्रिटमेन्ट क्लास, नेल आर्ट, जुरो, मोडर्न हेयर स्टाईल, सेल्फ मेकअप, रशियन हेयर, फिल्म क्यारेक्टर मेकअप क्लास जस्ता विभिन्न प्रशिक्षण दिइनेछ ।

प्रक्षिथार्थीलाई प्रशिक्षणको क्रममा टि—सर्ट, फाइनल शोको लागि पार्टी गाउन आयोजक पक्षले उपलब्ध गराउने छ । विजेतासहित फस्ट, सेकेन्ड रनर अप र पपुलर उपाधि विजेतालाई क्राउन, ट्रफीसहित विभिन्न पुरस्कार, काठमाडौं, पोखरा, कुस्माको दुई रात ३ दिनको आकर्षक टुर, निःशुल्क फोटो सेसन, विजेताहरुलाई म्युजिक भिडियो तथा विभिन्न फेशन सोहरुमा मेकअप तथा अन्य कामको अवसर प्रदान गरिने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा सहभागी हुन चाहने ब्युटिसियनहरुले रोज सिप विकास तालिम केन्द्र रविभवन तथा विलक्षण क्रियसनको कार्यालय पुतलीसडकबाट फारम लिन सक्ने छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ९ : ४७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले