आयात बढाउन चिनियाँ पक्ष सहमत « Khabarhub

आयात बढाउन चिनियाँ पक्ष सहमत


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ ।

रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमाका अधिकारीबीच भएको भर्चुअल वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

कोभिड १९ सक्रंमणका कारण घट्दै आएको आयात वृद्धि गराउन र  नेपाली बजारको माग पूरा गर्न लागि गरिएको प्रयास फलदायी भएको  रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । 

पहिलो चरणमा तीन कन्टेनर बाट छ हुँदै नौ वटा कन्टेनर बाट  सामग्री आयात भइरहेको रसुवा प्रजिअ  जैसीले बताए । अव मार्च १५ देखि  दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको उनले बताए।

चिनियाँ सामग्रीको आयात परिमाण बढ्ने भएपछि स्थानीय व्यापारी र व्यवसायीहरू सबैमा उत्साह बढेको छ।  

मार्च १५ देखि  दैनिक १४ वटा ठूला चिनियाँ कन्टेनरमार्फत  सामग्री  रसुवागढी आउन भएपछि नेपालका व्यवसायी तथा  नेपालका  कन्टेनर काम बढ्ने छ । 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  २ : १८ बजे

गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

गोरखा – गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई

बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

वासिङ्टन – नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, ‘यो दुःखमा नेपाल एक्लै छैन’

काठमाडौं– रसुवामा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो

भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा