मुख्यमन्त्री शाही र नेपाल विद्युत् प्राधिकरणका निर्देशक घिसिङ्गबीच भेट « Khabarhub

मुख्यमन्त्री शाही र नेपाल विद्युत् प्राधिकरणका निर्देशक घिसिङ्गबीच भेट


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गबीच भेटवार्ता भएको छ ।

शनिबार कर्णाली उत्सवमा कुडा कर्नालीका तेस्रो संस्करणमा झरो उज्यालोको खरो बहसमा सहभागी हुन आएका घिसिङ्ग र मुख्यमन्त्रीबीच भेट भएको हो ।

भेटका क्रममा कर्णालीमा विद्युत् प्रसारण लाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

भेटमा निर्देशक घिसिङले एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन पुर्‍याउने, कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाटसमेत ३३–३३ केभी प्रसारणलाइन ल्याउने प्रक्रिया सुरु गरिएको बताए ।

‘कर्णालीका साविकका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी गरिएको छ ।’ उनले भने, ‘कर्णालीका बाँकी रहेका हुम्ला, मुगु र डोल्पा जिल्लामा यसै आर्थिक वर्षमा विद्युत्को केन्द्रीय प्रसारण लाइन जडान हुनेछ ।’

भेटका क्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा विद्युत उत्पादनको संभावना धेरै भएपनि हाल आठ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको बताए ।

‘अहिलेको ३३ केभी प्रसारण लाइनका कारण कर्णालीबासीले विद्युतको ठूलो समस्या भोगिरहेका छौं ।’ उनले भने,‘१३२ केभी प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न आवश्यक रहेको छ ।’

जनसंख्यालाई हेरेर योजना बन्ने गरेको बताउँदै मुख्यमन्त्री शाहीले त्यो कर्णालीका लागि अन्याय हुने गरेको बताए । ‘हाम्रो भूगोल ठुलो रहेको छ । जनसंख्या थोरै भएका कारणले विकास गर्न समस्या रहेको छ ।’ उनले भने, ‘नीति निर्माण तहमा रहेकाले यो कुरा बुझ्न सक्यो भने चाँडै कर्णालीको विकास हुन्छ ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ३ : ३४ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै