तोकिएकै मितिमा निर्वाचन हुन्छ-नेता पाण्डे « Khabarhub

तोकिएकै मितिमा निर्वाचन हुन्छ-नेता पाण्डे


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्तडी- नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले तोकेको मितिमा नै निर्वाचन हुने बताएका छन् ।

नेपाल प्रेस युनियन बाजुराले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन कुनै हालतमा नसर्ने बताएका हुन् । सहमहामन्त्री पाण्डेले सरकारले संविधानको कार्यान्वयन गर्न र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेका छन् ।  

अहिले गठबन्धनको सरकार भए पनि वडादेखि जिल्लाले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने विषयमा केन्द्रले हस्तक्षेप नगर्ने बताएका छन्।  उनले भने स्थानीय तहका सबै वडा, पालिका र जिल्लाले आवश्यकता महसुस गरेअनुसार गठबन्धन हुने र नहुने बारेमा यकिन हुनेछ। 

 सहमहामन्त्री पाण्डेले संविधानको रक्षा र त्यसको प्रभावकारी कार्यान्वयनका लागि नेपाली कांग्रेसको नेतृत्वमा अहिलेको सरकार बनेको स्पष्ट गर्दै वर्तमान सरकारले वैशाखको स्थानीय तहको निर्वाचन सकेर जेठ १५ मा बजेट ल्याउने बताए ।

नेकपा (एमाले)ले एमसीसीका बारे जनतामा फैलाएको भ्रमलाई चिर्नेगरी नेपाली कांग्रेसले एक महिना अभियान सञ्चालन गर्न लागेको नेता पाण्डेले जानकारी दिए । 

सहमहामन्त्री पाण्डेले हरेक अप्ठ्यारा परिस्थितिमा देश बचाउनका लागि कांग्रेसले नेतृत्व गर्ने गरेको उल्लेख गर्दै एमसीसीका बारेमा जनतालाई स्पष्ट पार्न ७५३ वटै स्थानीय तहका प्रत्येक वडा र टोलमा जनताका माझ जाने गरी कांग्रेसले आइतबारदेखि अभियान सुरु गर्न लागेको जानकारी दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ४ : ०० बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै