रुसविरुद्ध लड्न युक्रेन पुगेका खुँखार स्नाइपर ‘वाली’ को हुन् ? « Khabarhub

रुसविरुद्ध लड्न युक्रेन पुगेका खुँखार स्नाइपर ‘वाली’ को हुन् ?


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमणको सामना गरिरहेको युक्रेनले विदेशीहरुलाई आफ्नो पक्षमा लड्नका लागि आह्वान गरेको छ । सोही अनुसार युक्रेनी फौजमा ‘अन्तर्राष्ट्रिय दल’ नामक दस्ता पनि गठन गरिएको छ । हालसम्म २० हजार भन्दा धेरै विदेशीहरु रुसी आक्रमणविरुद्ध लड्न युक्रेन पुगेका छन् ।

अरु विदेशी योद्धा जस्तै ‘विश्वकै सबैभन्दा खुँखार स्नाइपर’ अर्थात् निशानेबाज पनि युक्रेन पुगेका छन् । युक्रेनको नेक्स्टा टीभीले क्यानाडेली सेनामा सेवा गरिसकेका ‘वाली’ उपनाम रहेका स्नाइपर युक्रेन पुगेको जनाएको हो ।

उनले सन् २०१५ मा इराकमा लडेको जनाइएको छ । त्यसअघि अफगानिस्तानमा पनि उनले सन् २००९ देखि सन् २०११ सम्म सेवा गरेका थिए । सैनिक सेवा सकेपछि उनी युक्रेन आउनुअघिसम्म कम्प्युटर प्रोगामरको काम गरिरहेका थिए ।

उनी क्यानेडियन सेनाको रोयल २२ औं ‘ई’ रेजिमेन्टमा थिए । गएको सातामात्रै क्यानाडाका सञ्चारमाध्यमले एक वर्षे छोरो र श्रीमतीलाई छाडेर वाली युक्रेन लागेको जनाएका थिए । क्यानाडाको ब्रोडकास्टिङ कर्पोरेशन सीबीसी न्युजलाई दिएको अन्तरवार्तामा युक्रेनीहरुलाई सहयोग गर्न आफू त्यहाँ पुगेको बताएका छन् ।

‘मैले सहयोग गर्नुपर्छ किनकी त्यहाँ मानिसहरुमाथि गोलाबारी भइरहेका छन् किनभने उनीहरु रुसी नभई युरोपेली हुन चाहन्छन् ।’ उनले भने ।

अफगानिस्तानमा रहँदा उनलाई ‘वाली’ उपनाम दिइएको थियो । अरबी भाषामा यसको अर्थ अभिभावक हुन आउने बताइएको छ ।

नेक्स्टा टीभीका अनुसार औसत स्नाइपरको दैनिक उत्पादकत्व ७ जना प्रतिदिन हुन्छ । युक्रेनी मोर्चामा एकजना स्नाइपरले दिनमा १० जना सम्मलाई मार्न सक्छन् । तर वालीले भने दैनिक ४० जनासम्म लाई मार्न सक्ने जनाइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ०० बजे

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँको घण्टाघरस्थित मस्जिदमा ‘इद उल फित्र’ मनाइयो (तस्बिरहरू)

काठमाडौँ– अरबी पात्रो अनुसार ‘इद उल फित्र’ पर्व आज देशभरका

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को