वीरगञ्जका मेयरले जसपा छाडे, एमालेमा प्रवेश | Khabarhub Khabarhub

वीरगञ्जका मेयरले जसपा छाडे, एमालेमा प्रवेश


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शनिबार एमाले अध्यक्ष केपीशर्मा ओलीको हातबाट टीका र माला लगाएर सरावगी एमालेमा प्रवेश गरेका हुन् ।

बाराको प्रसौनीमा भएको कार्यक्रममा अध्यक्ष ओलीले सरावगीलाई पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका हुन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेर वीरगन्ज महानगरको मेयरमा निर्वाचित सरावगी हालः जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य पनि थिए ।

व्यापारिक घारानाका उद्योगी सरावगीले २०७३ चैत ६ गते तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरेर राजनीति यात्रा थालेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका वीरगन्ज महानगर इन्चार्ज बाबुराम कौशीक, वाइसीएलका केन्द्रीय सदस्य ओमप्रकाश गुप्ता पनि एमालेमा प्रवेश गरेका छन् ।

कार्यक्रममा पूर्वमन्त्रीद्वय प्रभु साह र रघुवीर महासेठ, एमालेका पर्सा जिल्ला अध्यक्ष प्रभु हजरालगायत सहभागी थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ११ बजे

दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

नवलपरासी– बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रको वैकल्पिक

‘सङ्घ र प्रदेश सरकारको बजेटले पञ्चायतको झल्को दिएको छ’

काठमाडौँ – गएको जेठ १५ गते सङ्घीय सरकार र असार

वीरगञ्ज नाकाबाट ५९ हजार बढी इन्धन सवारी भित्रिए

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५

‘कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी’

बागलुङ– बागलुङको जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर

रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु

रुकुमपश्चिम– रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।