पाकिस्तानमा प्रहरीले नै अहमदिया मुसलमानको चिहान भत्कायो | Khabarhub Khabarhub

पाकिस्तानमा प्रहरीले नै अहमदिया मुसलमानको चिहान भत्कायो


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा अहमदिया सम्प्रदायका मुसलमानहरुलाई परायाजस्तो व्यवहारमात्रै गरिन्न, मृत्युपछि पनि चिहान भत्काइन्छ । इस्लाम खबरले जनाअनुसार हालै पाकिस्तानको पञ्जाब प्रान्तमा प्रहरीले नै अहमदियाहरुको करिब ५० चिहान भत्काइदिएको हो ।

पाकिस्तानको पञ्जाब प्रान्तको हफिजावाद क्षेत्रमा यस्तो घटना भएको हो ।

तीमध्ये केही चिहानमा कुरानका श्लोकहरु रहेको भन्ने उजुरीका आधारमा भत्काइएको जनाइएको छ । केही स्थानीय सुन्नी मुसलमानहरुले यसबारे उजुरी दिएको इस्लाम खबरले जनाएको छ । पाकिस्तानमा यस्तो गर्नु आपराधिक गतिविधि मानिन्छ ।

पाकिस्तानका केही मानवअधिकारवादी समूहले घटनाको निन्दा गरेपनि पाकिस्तानको सरकारले भने यसबारे केही टिप्पणी गरेको छैन ।

पाकिस्तानमा ४० लाख अहमदिया मुसलमानहरुको बसोबास छ । पछिल्ला केही वर्षयता पाकिस्तानमा अहमदियाहरुको करिब १५० चिहान भत्काइएको जनाइएको छ ।

पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : १० बजे

जनकपुरको दुर्गा मन्दिर परिसरमा एक शव भेटियो, हत्या भएको आशंका

काठमाडौंमा– जनकपुरमा एक वृद्धको शव भेटिएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – बिहीबार स्थगित मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ।

एक खेल अगाडि सिरिज जितेको यु-१९ नेपाल अन्तिम खेलमा हङकङविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं – एक खेल अगावै हङकङविरुद्ध एकदिवसीय अभ्यास सिरिज जितेको

मुग्लिन पोखरा सडक : दोस्रो पटक म्याद थप

दमौली– मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) को म्याद दोस्रो

बबरमहल क्षेत्रमा धमाधम फुटपाथ विस्तार (तस्बिरहरू)

काठमाडौं – काठमाडौंको बबरमहल क्षेत्रमा रहेका बिजुलीका तार भूमिगतका साथै