गठबन्धन गरेरै चुनावमा जानुपर्छ: मुख्यमन्त्री पोखरेल « Khabarhub

गठबन्धन गरेरै चुनावमा जानुपर्छ: मुख्यमन्त्री पोखरेल


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपाली पोखरेलले अहिलेको गठबन्धनलाई नै कायम गरी चुनावमा जानुपर्ने बताएका छन् ।

राजनीतिमा देखिएको कालो बादल हटाउन र यसको स्थायित्वका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनको तर्क छ ।

तनहुँस्थित व्यास नगरपालिकाले शनिबार गरेको अल्ट्रा म्याराथनलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके मुलुकमा राजनीतिक स्थायित्व कायम हुन्छ । अन्यथा अझै धेरै प्रतिगमनहरू हुन सक्छन् ।’

‘हामीमा गठनबन्धन संस्कृति नभएका कारण असजिलो लागेको हो । अहिले नै हेर्नु न सबैतिर गठबन्धनकै सरकार त छ नि,’ उनी भन्छन्, ‘विशेष परिस्थितिमा देश र संविधानको रक्षाका लागि देशभित्रका सबै शक्ति मिल्नुपर्छ । राष्ट्रिय सभाको चुनावमा हामीले त्यो अभ्यास गरिसकेका छौँ । आगामी चुनावमा पनि मिलेरै जानुपर्ने हुन्छ ।’

यसअघिको निर्वाचनमा कांग्रेसले तत्कालीन नयाँ शक्तिसँग गठबन्धन गरेको थियो भने एमालेको नेतृत्वमा माओवादी र अन्य कम्युनिष्ट पार्टीहरूको बाम गठबन्धन थियो ।

तर संसद विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीको निर्णयले गठबन्धन मात्रै होइन, एमाले नै विभाजित भयो । त्यसपछि एमाले बाहेकको गबठन्धनको नेतृत्व काँग्रेसले गरेको छ । गण्डकीमा नेपालीकै नेतृत्वमा जेठ २९ गते नयाँ सरकार बनेको हो ।

कम्युनिष्टहरूले देशमा समस्याको निकास दिन नसक्ने भएकोले त्यसको नेतृत्व अब काँग्रेसले गर्ने पोखरेलको दाबी छ । गठबन्धन सरकार मिलेरै चुनावसम्म जाने र ३ वटै निर्वाचनमा वियजी हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : ५२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले