गठबन्धन गरेरै चुनावमा जानुपर्छ: मुख्यमन्त्री पोखरेल « Khabarhub

गठबन्धन गरेरै चुनावमा जानुपर्छ: मुख्यमन्त्री पोखरेल


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपाली पोखरेलले अहिलेको गठबन्धनलाई नै कायम गरी चुनावमा जानुपर्ने बताएका छन् ।

राजनीतिमा देखिएको कालो बादल हटाउन र यसको स्थायित्वका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनको तर्क छ ।

तनहुँस्थित व्यास नगरपालिकाले शनिबार गरेको अल्ट्रा म्याराथनलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके मुलुकमा राजनीतिक स्थायित्व कायम हुन्छ । अन्यथा अझै धेरै प्रतिगमनहरू हुन सक्छन् ।’

‘हामीमा गठनबन्धन संस्कृति नभएका कारण असजिलो लागेको हो । अहिले नै हेर्नु न सबैतिर गठबन्धनकै सरकार त छ नि,’ उनी भन्छन्, ‘विशेष परिस्थितिमा देश र संविधानको रक्षाका लागि देशभित्रका सबै शक्ति मिल्नुपर्छ । राष्ट्रिय सभाको चुनावमा हामीले त्यो अभ्यास गरिसकेका छौँ । आगामी चुनावमा पनि मिलेरै जानुपर्ने हुन्छ ।’

यसअघिको निर्वाचनमा कांग्रेसले तत्कालीन नयाँ शक्तिसँग गठबन्धन गरेको थियो भने एमालेको नेतृत्वमा माओवादी र अन्य कम्युनिष्ट पार्टीहरूको बाम गठबन्धन थियो ।

तर संसद विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीको निर्णयले गठबन्धन मात्रै होइन, एमाले नै विभाजित भयो । त्यसपछि एमाले बाहेकको गबठन्धनको नेतृत्व काँग्रेसले गरेको छ । गण्डकीमा नेपालीकै नेतृत्वमा जेठ २९ गते नयाँ सरकार बनेको हो ।

कम्युनिष्टहरूले देशमा समस्याको निकास दिन नसक्ने भएकोले त्यसको नेतृत्व अब काँग्रेसले गर्ने पोखरेलको दाबी छ । गठबन्धन सरकार मिलेरै चुनावसम्म जाने र ३ वटै निर्वाचनमा वियजी हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : ५२ बजे

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने