बढ्दो आतङ्कवादी आक्रमणका कारण पाकिस्तानी सरकार अप्ठ्यारोमा « Khabarhub

बढ्दो आतङ्कवादी आक्रमणका कारण पाकिस्तानी सरकार अप्ठ्यारोमा


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा अवस्था अझ खराब हुँदै जाँदा विश्लेषकहरूले शहरी क्षेत्रमा पाकिस्तानी तालिबानको हिंसा मुख्य चुनौति रहेको औँल्याएका छन् ।

केही दिनअघिमात्रै बलोचिस्तानको क्वेट्टा शहरमा भएको विष्फोटमा तीन जनाको मृत्यु भएको थियो भने अरु २४ जना घाइते भएका थिए । विष्फोटको अनुसन्धान गरिरहेको स्थानीय प्रहरीले उक्त घटनामा अढाई किलोग्राम विस्फोटकको प्रयोग भएको जनाएको पाकिस्तानको डन समाचारपत्रले जनाएको छ ।

विज्ञहरूले पछिल्लो आतङ्कवादी आक्रमणहरुले पाकिस्तान सरकारलाई अप्ठ्यारोमा पारेको टिप्पणी गरेका छन् । ‘तालिबानलाई सहयोग गरेको र अमेरिकी सैनिक फिर्तीसँगै अफगानिस्तानमा सरकार परिवर्तन भएको अवस्थामा पाकिस्तानको झगडा सार्वजनिक भयो भने यसले अन्तर्राष्ट्रिय स्तरमै पाकिस्तानको बेइज्जत हुनेछ ।’ युरोपियन टाइम्सले लेखेको छ ।

इस्लामावादमा रहेको पाक इन्स्टिच्युट अफ पिस स्टडिजका अनुसार लडाकु समूहलाई नियन्त्रण गर्ने पाकिस्तानको प्रयासलाई अफगानिस्तानको नयाँ सत्ताले कुनै पनि किसिमबाट सहयोग गरिरहेको छैन ।

आफैँले तालिबानको सत्तालाई मान्यता नदिएको तर अरु मुलुकहरूलाई भने यसो गर्न आग्रह गर्दै आएको पाकिस्तानको दोधारे चरित्र स्पष्ट भएको विश्लेषकहरू बताउँछन् ।

केही समयअघिमात्रै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा तालिबानको विकल्प नभएको बताएका थिए । ‘४ करोड अफगानको भविष्य र कल्याणका लागि विश्वले ढिलो चाँडो तालिबन सरकारलाई मान्यता दिनुपर्छ ।’ सीएनएनका फरिद जकारियासँगको अन्तरवार्तामा खानले भनेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : ५८ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि