वेदबहादुरलाई व्यास अल्ट्रा म्याराथनको उपाधि « Khabarhub

वेदबहादुरलाई व्यास अल्ट्रा म्याराथनको उपाधि


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास अल्ट्रा म्याराथनको उपाधि वेदबहादुर सुनुवारले जितेका छन् ।

शनिबार व्यास नगरपालिकाले गरेको म्याराथनको निर्धारित ४४ किलोमिटरको दूरी दुई घण्टा ५८ मिनेट ७ सेकेन्डमा पार गर्दै सुनुवारले उपाधि जितेका हुन् ।

उनले उपाधिसँगै नगद ८५ हजार ७८ रुपैयाँ प्राप्त गरेका छन् ।

व्यास नगरपालिका–५ मानहुँकोटबाट सुरु भएको म्याराथन दमौली, कलेस्ती, वगुवा, रिस्ती हुँदै व्यास नगरपालिका–८ पुलिमराङ सहिद गाउँमा पुगेर टुंगिएको थियाे ।

त्यस्तै, तीन घण्टा पाँच मिनेट ५१ सेकेन्डमा यो दूरी पार गर्दै मोहनदेव जोशी दोस्रो भए ।

नवराज साउदले तीन घण्टा नौ मिनेटमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरे ।

दोस्रो र तेस्रोले क्रमशः नगद ६५ हजार ७८ रुपैयाँ र ५५ हजार ७८ रुपैयाँ प्राप्त गरे ।

व्यास नगरपालिकाले हरेक वर्ष १६ माघमा सहिद दिवसको दिन आयोजना गर्दै आइरहेको व्यास अल्ट्रा म्याराथन कोरोनाको तेस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिएपछि स्थगित गरेर शनिबार गरेको हो ।

यसअघि, २४ फागुनमा नारी दिवसमा अवसरमा व्यास नगरपालिको दोस्रो महिला हाफ म्याराथन आयोजना गरेको थियो । कान्छीमाया कोजुले हाफ म्याराथनको उपाधि जितेकी थिइन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ७ : २० बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय ?

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको संवाद

पोखरा– शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक,