पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने चलचित्र निर्माण गरौँ : मन्त्री आले « Khabarhub

पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने चलचित्र निर्माण गरौँ : मन्त्री आले


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार तथा पर्यटन प्रवर्द्धनमा कलाकारहरूको अहम् भूमिका रहेको बताएका छन् । बक्स अफिस इन्टरनेशनल ग्रुपले आज आयोजना गरेको १६औँ ब्लक–बस्टर नेपाली फिल्म अवार्ड कार्यक्रममा उनले कलाकारहरुले निर्माण गरेका नेपाली फिल्महरुका कारण हाम्रा पर्यटकीय क्षेत्रहरू देश विदेशमा चिनिएको बताए।

उनले भने, ‘नेपाली कलाकारले निर्माण गरेका फिल्मका कारण हाम्रा देशका पर्यटकीय क्षेत्रहरू देश विदेशमा चिनिएका छन्, पर्यटन प्रवर्द्धन तथा कला संस्कृतिको जर्गेनामा कलाकारको अहम् भूमिका छ ।’ कोरोना भाइरसका कारण विगत दुई वर्षदेखि थला परेको नेपालको पर्यटन क्षेत्र अब नेपाली कलाकारले आफ्ना फिल्महरु निर्माण गरेर माथि उकास्न तथा प्रचार प्रसार गर्नसमेत मन्त्री आलेले सबै कलाकारमा आग्रह गरे ।

उनले नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने खालका चलचित्र निर्माण गर्नसमेत आग्रह गरे । उनले भने, ‘निर्देशक साथीहरूले अहिलेसम्म निर्माण गरेका फिल्महरु नेपाल र यहाँका पर्यटकीय क्षेत्र चिनाउने खालका छन्, अझै पनि हाम्रा कला संस्कृति चिनाउने फिल्महरु निर्माण गर्नुस्, मैले गर्न सक्ने सहयोग गर्नेछु ।’

नेपालका हिमालमा चलचित्र निर्माणदेखि लिएर यहाँका पर्यटकीय क्षेत्रमा निर्माण गरिने चलचित्रहरूमा राजस्व बढी लाग्ने गरेको भन्ने गुनासोसमेत आएकाले ती क्षेत्रहरू आफ्नै मन्त्रालयअन्तर्गत पर्ने भएकाले राजस्वमा केही कमी गर्नका लागि पहल गर्नेसमेत मन्त्री आलेले जानकारी दिए ।

यसैगरी मन्त्री आलेले वरिष्ठ नायक शिव श्रेष्ठ, नायिका पूजा शर्मालगायतका कलाकारले चलचित्र क्षेत्रमा उल्लेख्य योगदान दिएको र पर्यटन प्रवर्द्धनमा पनि राम्रो काम गरेको भन्दै प्रशंसासमेत गरेका थिए।

उक्त कार्यक्रममा वरिष्ठ नायक शिव श्रेष्ठ, नायिका पूजा शर्मा, गायक पूर्ण सङ्गम जेठारा तथा चलचित्र क्षेत्रमा सहयोग गर्ने भक्तबहादुर आलेलगायतका कलाकार तथा स्रष्टाहरुलाई चलचित्र क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै विभिन्न अवार्डबाट सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ६ : १५ बजे

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

टरिगाउँ विमानस्थल : न त जहाजको टुङ्गो, न त बजेटकै

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थल नेपालकै पुराना विमानस्थलमा