बजारमा तरलताको अभाव भन्ने विषय जुन राष्ट्रिय अर्थतन्त्रको चर्चाको रुपमा आएको छ, त्यो सम्बन्धी केन्दित भएर त्यसबारेको दृष्टिकोण जान्नको लागि र समस्याको समाधान गर्नको लागि सम्बन्धित निकायसम्म पुर्याउन सकिन्छ कि भन्ने उदेश्य प्रमुख हो । एउटा अर्थशात्री भएको नाताले मैले आफ्नो विचार राख्नुपर्छ जस्तो लाग्छ । तर वातावरणलाई केही अन्र्तक्रिया योग्य बनाउनको लागि केहि तथ्यहरु मैले राख्ने छु ।
अर्थतन्त्रमा अहिले देखिएका प्रमुख समस्याहरु राष्ट्र बैंकले १० महिनाको डाटालाई लिएर ‘म्याक्रो ईकोनोमिक ईन्डिकेटर अफ द कन्ट्री’ निकाल्छ । त्यसले हाम्रो वर्तमान अवस्था कस्तो छ ? हामी कस्तो अवस्थातिर गइरहेका छौँ ? भन्ने थाहा हुन्छ ।
अहिले विदेशी विनिमयको सटेज भएको अवस्था छ भन्दै १२ अर्ब ५७ करोड विनिमय सञ्चिती रहेकोमा अहिले ९ अर्ब ७५ करोडमा झरेको छ । गत वर्ष यहि महिनामा १२ महिनालाई धान्न पुग्ने विदेशी विनिमय थियो । अहिले राष्ट्र बैंकको अफिसिएल डाटालाई हेर्दा ६ महिनालाई पुग्ने देखिन्छ ।
अयात र निर्यातलाई हेर्दा निर्यातको अवस्था प्रतिशतमा अलि बढि देखिएता पनि कम छ र यहि रुपमा हाम्रो आयात बढ्ने हो भने संकट आउँछ । त्यसकारण अर्थशास्त्रीहरु के भन्नु हुन्छ भने ६ महिनालाई पुग्ने छदैछ त्यसकारण ‘म्याक्रो ईकोनोमिक्स इन्डिकेटर’हरु आजभोलीनै परिवर्तन गर्न सकने कुरा होईन । त्यो सत्य हो । तर एकदम छिटो छिटो घट्दै जान्छ भने त्यसले आपत ल्याउन सक्छ ।
गत आर्थिक वर्षमा १७६ अर्ब तेल आयातमा बाहिरीएको थियो भने चालु आर्थिक वर्षको ८ महिनामा १८५ अर्ब बाहिरीएको छ । एक बर्षमा हुनुपर्ने कुरा आठ महिनामा खर्च हुदा के होला भन्ने चिन्ता बढेको छ ।
गत आर्थिक वर्षमा २७ अर्ब ५० करोडको सुन आयात भएकोमा यो आर्थिक वर्षको आठ महिनामै ३२ अर्ब ६८ करोड पुगेको छ । गत आर्थिक वर्षमा ९ अर्ब ८८ करोडको चाँदी आयात भएकोमा यो वर्षको आठ महिनामै १५ अर्ब ३७ करोडको आयात भएको छ ।
यो सबै सुन र चाँदी नेपाली बजारमा नै खपत भएको हो कि हैन भन्ने नै सबै भन्दा ठुलो चर्चाको विषय हुन सक्छ । खोज्नु पर्ने के हो हामीले बुझ्नु पर्दछ । अहिले युरोपेली बजारमा तनाव ग्रस्त भएको छ । रसिया र युक्रेनको युद्धले गर्दा त्यसले चाँही बजारमा खाने तेल र पेट्रोलको मुल्यमा दबाब दिएको छ ।
ब्याजदर माथि उक्लेको कारणले पनि तरलता छैन । ‘राईज अफ ईन्टेस्टेड तर ईन्टेस्टेड’लाई नबढाई हेर्ने हो भने त हामीले डिमाण्डलाई निरुत्साहित भन्दा सहज होला । विगतको १२ महिनामा मात्र ९ खर्ब ३८ करोड कर्जा विस्तार भएको छ । हामीले ‘टाइम सिरिज डाटा’लाई र्हेने हो भने इतिहासमा नै सबैभन्दा धेरै कर्जा बिनियोजीत भएको देखिन्छ । किनकि उच्च कर्जा विस्तारले उच्च आयात भयो ।
सवारी साधनको आयातलाई आगामी केहि महिनाको लागि सके रोक्ने, नसके एकदम निरुत्साहित केही गरी तल्लो लेभलमा ल्याउने पेट्रोलियम पदार्थको आयात निरुत्साहित गर्नुपर्छ । यसले गर्दा सरकारको ढुकुटी पनि दवाबमा रहेको छ । दिएका थियौँ त्यसलाई अब रोक्नुपर्ने अवस्था आईसकेको छ ।
जुन किसिमको यो सहुलियतका कुराहरु सरकार र राष्ट्र बैंकले गरेको थियो त्यसलाई सहिद गरेर ‘ब्याक फण्ड’मा जानुपर्दछ । तोकिएको क्षेत्र बाहेक अन्य क्षेत्रमा अलि निरुत्साहित गर्दै जाने, वैदेशिक आप्रवाहलाई सरलीकरण गर्ने, नेपाल राष्ट्र बैकको अनुसार वैदेशिक मुद्रा अझै आउन बाँकी छ । आउन सक्छ । जुन सहजता आइएमफले दिएको छ ।
अहिलेसम्म हामीले ३९५.९ मिलियन फेसिलिटि स्वीकृत भएकोमा अहिले सम्म ११०.४२ लिइसकेको छ । त्यसलाई तिर्न समय चाँही छ । त्यसलाई प्रयोग गरेर विदेशी मुद्रालाई सहज गराउन सकियो भने अर्थतन्त्रलाई सुधार्न सक्छौँ ।
(खबरहबद्वारा आयोजित ‘अहिलेको आर्थिक संकट र समाधानको उपाय’ विषयक अन्तर्क्रिया कार्यक्रममा पाण्डले राखेको धारणाको सम्पादित अंश)
प्रस्तुति पुस्पाञ्जली बस्नेत
प्रतिक्रिया