आयातित सबै सुन चाँदी नेपाली बजारमै खपत हुन्छ ? « Khabarhub

आयातित सबै सुन चाँदी नेपाली बजारमै खपत हुन्छ ?

‘विदेशी मुद्रालाई सहज गराउन सकियो भने अर्थतन्त्रलाई सुधार्न सक्छौँ’



बजारमा तरलताको अभाव भन्ने विषय जुन राष्ट्रिय अर्थतन्त्रको चर्चाको रुपमा आएको छ, त्यो सम्बन्धी केन्दित भएर त्यसबारेको दृष्टिकोण जान्नको लागि र समस्याको समाधान गर्नको लागि सम्बन्धित निकायसम्म पुर्याउन सकिन्छ कि भन्ने उदेश्य प्रमुख हो । एउटा अर्थशात्री भएको नाताले मैले आफ्नो विचार राख्नुपर्छ जस्तो लाग्छ । तर वातावरणलाई केही अन्र्तक्रिया योग्य बनाउनको लागि केहि तथ्यहरु मैले राख्ने छु ।

अर्थतन्त्रमा अहिले देखिएका प्रमुख समस्याहरु राष्ट्र बैंकले १० महिनाको डाटालाई लिएर ‘म्याक्रो ईकोनोमिक ईन्डिकेटर अफ द कन्ट्री’ निकाल्छ । त्यसले हाम्रो वर्तमान अवस्था कस्तो छ ? हामी कस्तो अवस्थातिर गइरहेका छौँ ? भन्ने थाहा हुन्छ ।

अहिले विदेशी विनिमयको सटेज भएको अवस्था छ भन्दै १२ अर्ब ५७ करोड विनिमय सञ्चिती रहेकोमा अहिले ९ अर्ब ७५ करोडमा झरेको छ । गत वर्ष यहि महिनामा १२ महिनालाई धान्न पुग्ने विदेशी विनिमय थियो । अहिले राष्ट्र बैंकको अफिसिएल डाटालाई हेर्दा ६ महिनालाई पुग्ने देखिन्छ ।

अयात र निर्यातलाई हेर्दा निर्यातको अवस्था प्रतिशतमा अलि बढि देखिएता पनि कम छ र यहि रुपमा हाम्रो आयात बढ्ने हो भने संकट आउँछ । त्यसकारण अर्थशास्त्रीहरु के भन्नु हुन्छ भने ६ महिनालाई पुग्ने छदैछ त्यसकारण ‘म्याक्रो ईकोनोमिक्स इन्डिकेटर’हरु आजभोलीनै परिवर्तन गर्न सकने कुरा होईन । त्यो सत्य हो । तर एकदम छिटो छिटो घट्दै जान्छ भने त्यसले आपत ल्याउन सक्छ ।

गत आर्थिक वर्षमा १७६ अर्ब तेल आयातमा बाहिरीएको थियो भने चालु आर्थिक वर्षको ८ महिनामा १८५ अर्ब बाहिरीएको छ । एक बर्षमा हुनुपर्ने कुरा आठ महिनामा खर्च हुदा के होला भन्ने चिन्ता बढेको छ ।

गत आर्थिक वर्षमा २७ अर्ब ५० करोडको सुन आयात भएकोमा यो आर्थिक वर्षको आठ महिनामै ३२ अर्ब ६८ करोड पुगेको छ । गत आर्थिक वर्षमा ९ अर्ब ८८ करोडको चाँदी आयात भएकोमा यो वर्षको आठ महिनामै १५ अर्ब ३७ करोडको आयात भएको छ ।

यो सबै सुन र चाँदी नेपाली बजारमा नै खपत भएको हो कि हैन भन्ने नै सबै भन्दा ठुलो चर्चाको विषय हुन सक्छ । खोज्नु पर्ने के हो हामीले बुझ्नु पर्दछ । अहिले युरोपेली बजारमा तनाव ग्रस्त भएको छ । रसिया र युक्रेनको युद्धले गर्दा त्यसले चाँही बजारमा खाने तेल र पेट्रोलको मुल्यमा दबाब दिएको छ ।

ब्याजदर माथि उक्लेको कारणले पनि तरलता छैन । ‘राईज अफ ईन्टेस्टेड तर ईन्टेस्टेड’लाई नबढाई हेर्ने हो भने त हामीले डिमाण्डलाई निरुत्साहित भन्दा सहज होला । विगतको १२ महिनामा मात्र ९ खर्ब ३८ करोड कर्जा विस्तार भएको छ । हामीले ‘टाइम सिरिज डाटा’लाई र्हेने हो भने इतिहासमा नै सबैभन्दा धेरै कर्जा बिनियोजीत भएको देखिन्छ । किनकि उच्च कर्जा विस्तारले उच्च आयात भयो ।

सवारी साधनको आयातलाई आगामी केहि महिनाको लागि सके रोक्ने, नसके एकदम निरुत्साहित केही गरी तल्लो लेभलमा ल्याउने पेट्रोलियम पदार्थको आयात निरुत्साहित गर्नुपर्छ । यसले गर्दा सरकारको ढुकुटी पनि दवाबमा रहेको छ । दिएका थियौँ त्यसलाई अब रोक्नुपर्ने अवस्था आईसकेको छ ।

जुन किसिमको यो सहुलियतका कुराहरु सरकार र राष्ट्र बैंकले गरेको थियो त्यसलाई सहिद गरेर ‘ब्याक फण्ड’मा जानुपर्दछ । तोकिएको क्षेत्र बाहेक अन्य क्षेत्रमा अलि निरुत्साहित गर्दै जाने, वैदेशिक आप्रवाहलाई सरलीकरण गर्ने, नेपाल राष्ट्र बैकको अनुसार वैदेशिक मुद्रा अझै आउन बाँकी छ । आउन सक्छ । जुन सहजता आइएमफले दिएको छ ।

अहिलेसम्म हामीले ३९५.९ मिलियन फेसिलिटि स्वीकृत भएकोमा अहिले सम्म ११०.४२ लिइसकेको छ । त्यसलाई तिर्न समय चाँही छ । त्यसलाई प्रयोग गरेर विदेशी मुद्रालाई सहज गराउन सकियो भने अर्थतन्त्रलाई सुधार्न सक्छौँ ।

(खबरहबद्वारा आयोजित ‘अहिलेको आर्थिक संकट र समाधानको उपाय’ विषयक अन्तर्क्रिया कार्यक्रममा पाण्डले राखेको धारणाको  सम्पादित अंश)

प्रस्तुति पुस्पाञ्जली बस्नेत

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ८ : ३८ बजे

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म

भारत सरकारबाट नेपाललाई ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

वीरगञ्ज– भारत सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाललाई ३०

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यही फागुन १६ गते