इन्धन आयातमा वृद्धि | Khabarhub Khabarhub

इन्धन आयातमा वृद्धि


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ ।

देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रु ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको रु १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो ।

आव २०७७-७८ को साउनदेखि फागुनसम्ममा रु ५६ अर्ब ४४ करोड २३ लाखको नौ लाख ४१ हजार ५५७ किलोलिटर डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र एक लाख ६६ हजार ७९७ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयातको तुलनामा चालु आवको सोही अवधिमा रु एक खर्ब १३ अर्ब १४ करोड ८७ लाख मूल्यको २० लाख ३८ हजार ८५३ किलोलिटर इन्धन र एक लाख ८७ हजार ४५६ मेट्रिक टन ग्यास आयात भएको सो कार्यालयले जनाएको छ ।

यो समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा १००.४६ प्रतिशत बढी मूल्यको ११६.५४ प्रतिशत इन्धन बढी आयात भएको हो । कोरोना महामारीका कारण गत वर्ष मुलुकभित्रको उद्योग व्यपार तथा यातायात सञ्चालनमा कमी देखिएको थियो । चालु आवमा सङ्क्रमण दरमा आएको कमीले जनजीवन तथा उद्योग व्यपार समान्यरूपमा सञ्चालन भएकाले इन्धनको आयात बढी भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले इन्धनको आयात बढेको सकारात्मक प्रभाव राजस्व सङ्कलनमा देखापरेको बताए ।

गत आवको आठ महिनामा वीरगञ्जनाका प्रयोग गरी नेपालका लागि भएको इन्धन आयातबाट रु ३५ अर्ब ८३ करोड ६८ लाख राजस्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा रु १३ अर्ब ७२ करोड ९२ लाख बढी अर्थात् रु ४९ अर्ब ५६ करोड ६१ लाख राजस्व सङ्कलन नभएको भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ८ : ०३ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी

सरकार कसैप्रति पूर्वाग्रही छैन : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकार विधिको

महसुल नतिरे विद्युत चोरीको कसुरमा कारबाही हुनसक्छ : वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व ऊर्जा र अर्थमन्त्री वर्षमान

प्रि ओपन सेसन : नेप्से ३ अंकले बढ्यो

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) करिब

सयपत्री फूल बिक्री गरेर मनग्य आम्दानी

दैलेख– सुर्खेत–दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । डुङ्गेश्वर