स्थानीय तह निर्वाचन : लमजुङमा ९ सय ८७ म्यादी प्रहरी छनोट « Khabarhub

स्थानीय तह निर्वाचन : लमजुङमा ९ सय ८७ म्यादी प्रहरी छनोट


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – आगामी स्थानीय तह निर्वाचनका लागि लमजुङमा १ हजार ७४ जना म्यादी प्रहरी छनोट भएका छन् । म्यादी प्रहरीमा आवेदन दिएकामध्ये लमजुङका लागि ९ सय ८७ र हिमाली जिल्ला मनाङका लागि ८७ जना छनोट भएका हुन्। जिल्लामा म्यादी प्रहरीका लागि निर्धारित समयसीमाभित्र २ हजार ६ सय ३४ जनाले आवेदन दिएका थिए । सोमध्ये ३ सय ९६ जना महिला छन् ।

म्यादी प्रहरीका लागि लमजुङमा जिल्ला प्रहरी कार्यालय बेंसीशहर, इलाका प्रहरी भोर्लेटार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट आवेदन लिएको थियो । स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९ सय ८७ को संख्यामा नै म्यादी प्रहरी आवश्यक पर्ने र सोही संख्यामा छनोट गरिएका जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

हिमाली जिल्लामा मनाङमा भने आवश्यता भन्दा कम संख्यामा आवेदन परेपछि लमजुङबाटै केही संख्यामा छनोट गरिएको हो । म्यादी प्रहरी भर्ना चरणअन्तर्गत गत आइतबार शारीरिक परीक्षण सकिएको थियो । त्यसपछि लिखित परीक्षामा उत्तीर्ण भएकाको नाम सार्वजनिक भएको हो । म्यादी प्रहरीका लागि १८ देखि ५२ वर्ष सम्मका व्यक्तिहरुले आवेदन दिएका थिए ।

आवेदन दिएकामध्ये शारीरिक तन्दुरुस्तीसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान–निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्व वनरक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश–उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र ०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई प्राथमिकतामा राखेर छनाट गरिएको प्रहरीले जनाएको छ । सरकारले निर्वाचन लक्षित ४० दिनका लागि म्यादी प्रहरी भर्ना गरेको हो ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ८ : १५ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट