ललितपुरमा हरसिद्धि जात्रा सुरु, पनौती नगरपालिकाले दियो सार्वजनिक बिदा « Khabarhub

ललितपुरमा हरसिद्धि जात्रा सुरु, पनौती नगरपालिकाले दियो सार्वजनिक बिदा


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुरको हरसिद्धी गाउँबाट देवगणसहितले सोमबार ल्याएको त्रिशक्ति देवीलाई पनौती बजारस्थित हरसिद्धि पाटीमा राखेर पूजाआजा तथा बलि चढाएर बजार परिक्रमा गराइएको छ । सो क्रममा त्रिवेणीघाटमा रहेको बासुकी नागमा जल चढाएर थुमा (भेडा)को बलि चढाइ पुनः बजार परिक्रमा गर्दै देवघरमा लगेर देवता बिसाउने र फेरि हरसिद्धि डबलीमा देवता पुर्‍याएको जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ ।

मेलाका आर्थिक संयोजक पुरुषोत्तम कर्माचार्यका अनुसार आज बिहानैदेखि नाचगान सुरु भएको छ भने दिनभरिमा पञ्चबलि (थुमा, बोका, राँगो, हाँस र माछा)को बलि दिइन्छ । बुधबार जात्रा समापन गरी आगामी वैशाख १ गते हरसिद्धि देवघरमा पूजापश्चात देवगणहरू फर्किने कार्यक्रम रहेको जात्रा व्यवस्थापन समितिले जनाएको छ ।

साठी वर्षदेखि पनौतीमा पनि मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तररूपमा मनाउन नसकेको अवस्थामा सोमबारबाट पुनः जात्रा सुरु भएको समितिले जनाएको छ । यसअघि विसं २०६६ मा जनसहभागिताबाट रकम सङ्कलन गरेर जात्रा सञ्चालन गरेकामा त्यसको ठीक १२ वर्षपछि सोमबारबाट जात्रा सुरु भएको समितिका संयोजक सुरेश सैँजूले जानकारी दिए ।

स्वच्छ मनले एउटा मात्रै चिज मागेर त्रिशक्ति देवीको पूजा गरेमा त्यो मनोकाङ्क्षा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ। करिब दुई हजार वर्ष पहिले प्रारम्भ भएको मानिने हरसिद्धि नाच राजा विक्रमदित्यद्वारा सुरु गरिएको बताइएको छ ।

पनौती नगरपालिकाले १२ वर्षको एकपटक लाग्ने हरसिद्धि जात्रा मनाउनका लागि सार्वजनिक आज बिदा दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वको पनौती बजारमा हुने जात्राका अवसरमा सार्वजनिक बिदा दिएको जनाएको हो ।

नगरपालिकाको यही चैत २५ गते बसेको बैठकले आज नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र अधिकारीले जनाए ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ९ : ३० बजे

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सर्वोच्चमा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका

इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने, संसद्बाट पारित भयो प्रस्ताव

तेहरान- इरानको संसदले होर्मुज जलडमरूमध्य हुँदै गुज्रिने जहाजबाट टोल अर्थात्

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा