काठमाडौँ– इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीचको सहकार्यमा ‘स्क्यान एन्ड केयर’ बीमा योजना इसेवामार्फत सजिलै किन्न सकिने भएको छ ।
सन नेपाल लाइफले इसेवासँगको सहकार्यमा आफ्नो ‘स्क्यान एन्ड केयर’ सेवालाई डिजिटल माध्यमबाट समेत उपलब्ध गराएको हो । डिजिटल माध्यमबाट सर्वसाधारणसम्म बीमा सेवाको पहुँच सहज र सरल बनाउने उद्देश्यका साथ दुई कम्पनीबिच इसेवाबाटै सजिलै उक्त बीमा खरिद गर्न सकिने साझेदारी भएको हो ।
यस साझेदारीअन्तर्गत इसेवाका ग्राहकले स्क्यान एन्ड केयर टर्म लाइफ इन्स्योरेन्स र सन मेडिकेयर गरी कुल १ लाखसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् ।
योजनाअनुसार टर्म लाइफ इन्स्योरेन्सतर्फ ५० हजार र सन मेडिकेयर (स्वास्थ्य बीमा) तर्फ ५० हजारसम्मको बीमा सुरक्षा
प्राप्त गर्न सक्ने इसेवाले जनाएको छ ।
१८ देखि ६० वर्ष उमेर समूहका योग्य व्यक्तिहरूले इसेवा एपमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सजिलै यो योजना खरिद गर्न सक्नेछन् । उमेर र बीमा सुरक्षाका आधारमा यस योजनाको वार्षिक बीमाशुल्क ७६० देखि १,४०५ सम्म तोकिएको छ ।
सन नेपाल लाइफले आफ्ना शाखा कार्यालय र अभिकर्ताहरूमार्फत उपलब्ध गराउँदै आएको ‘स्क्यान एन्ड
केयर’ योजनालाई डिजिटल माध्यमसँग जोडी सर्वसाधारण नागरिकसम्म बीमाको सहज, द्रुत र प्रविधिमैत्री पहुँच पुर्याउने उद्देश्यका साथ दुई कम्पनीबिच साझेदारी गरिएको हो ।














प्रतिक्रिया