मेलम्चीको पानी सुरूङमा खसालियो, काठमाडौँका धारामा पुग्न दुई साता लाग्ने  « Khabarhub

मेलम्चीको पानी सुरूङमा खसालियो, काठमाडौँका धारामा पुग्न दुई साता लाग्ने 


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेलम्ची खानेपानी आयोजनाले सुरूङ मार्गमा पानी पठाएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज एक नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर उद्घाटन गरे । गत २ असारमा गएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सुरुङमा प्रतिसेकेण्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, निर्वाचन आचारसंहिता लागू भएसँगै उनको उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको थियो । 

सरकारले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुर्‍याउने घोषणा गरेको थियो । सोही आधारमा आजबाट पानी सुरूङ मार्गमा पठाइएको हो । उक्त पानी काठमाडौैंमा उपलब्ध हुन भने अझै दुई साता लाग्नेछ । 

बाढीले मेलम्चीको मुहानमा क्षति पुर्‍याएको थियो । उक्त क्षेत्रमा मर्मत सम्भार तथा सर सफाईको काम सकिएको छ । पुल तथा सडक निर्माण लगायतका आवश्यक भौतिक संरचना पुनर्निर्माणको काम भने जारी नै छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक वासुदेव पौड्यालले सुरूङ मार्गमा पानी पठाउने काम सम्पन्न भएको बताए । 

उक्त पानी काठमाडौंका धारा धारामा आउन अझै केही दिन लाग्ने उनको भनाइ छ । गत चैत १७ गतेदेखि मेलम्चीको पानी काठमाडौँमा झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर १७ करोड लिटर पानी पठाइएको थियो ।  

परीक्षणका लागि भन्दै १ असारमा सुरूङमा पानी पठाउन बन्द गरिएको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मेलम्ची आयोजनामा क्षति पुगेको थियो ।  

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  २ : २८ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट