श्रीलंकामा औषधिको चरम अभाव, भयानक अवस्था आउने चिकित्सकको चेतावनी « Khabarhub

श्रीलंकामा औषधिको चरम अभाव, भयानक अवस्था आउने चिकित्सकको चेतावनी


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंलोडसेडिङ र जीवन बचाउने औषधिको चरम अभावका कारण श्रीलंकामा ठूलो संख्यामा मानिसहरूको मृत्यु हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् ।

श्रीलंकाली चिकित्सकहरूको समूह श्रीलंका मेडिकल एसोसिएसन (एसएलएमए) ले श्रीलंकाका हरेक अस्पतालमा आयातित स्वास्थ्य एवम् शल्यक्रिया सामग्रीको चरम अभाव रहेको जनाएको हो ।

त्यहाँ हृदयघातको उपचार गर्ने औषधिहरू र नवजात शिशुहरूलाई सास फेर्न प्रयोग हुने ट्युबहरूको देशव्यापी अभाव रहेको जनाइएको छ ।

एसएलएमएलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएअनुसार स्वास्थ्य सामग्रीको चरम अभावका कारण केही स्वास्थ्य संस्थाहरुले गत महिना देखि नै नियमित शल्यक्रिया स्थगित गरेका छन् ।

लोडसेडिङले श्रीलंकाको ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीलाई बिरामीको घाउमा टाँका लगाउन समस्या हुनुका साथै अँध्यारोमा सर्पदंशको उपचार गर्न बाध्य बनाएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

त्यहाँ प्रयोगशाला परीक्षणमा पनि कमी आएको छ । औषधि र स्वास्थ्य सामाग्री अभावको विरोधमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरू सडकमा उत्रिन थालेका छन् भने कतिपयले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामाको माग गर्दै सडकमा भइरहेका आन्दोलनलाई समर्थन गरेको जनाइएको छ ।

‘श्रीलंकाका सबै अस्पतालहरू ध्वस्त हुने अवस्थामा छन’, सरकारी मेडिकल अफिसर्स एसोसिएसनका सचिव डा. सेनल फर्नान्डोलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ, ‘अबको दुई हप्तामा अवस्था बिग्रन्छ र अहिले नै काम नगरे मानिस मर्न थाल्छन् ।’ 

औषधि अभावकै कारण बिरामीको मृत्युले ‘अस्पतालहरूमा दंगा’ हुन सक्ने उनले चेतावनी दिएका छन् । सरकार संकटप्रति गम्भीर हुन र पारदर्शी बन्न असफल भएको उनले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ४ : ३० बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल