भारतीय सिनेम्याटोग्राफरले ‘ह्रस्व दीर्घ’ खिच्ने « Khabarhub

भारतीय सिनेम्याटोग्राफरले ‘ह्रस्व दीर्घ’ खिच्ने


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय फिल्मका सिनेम्याटोग्राफर कबीर लालले नेपाली फिल्म खिच्ने भएका छन् ।

उनलाई निता फिल्म्सले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ डीओपीमा अनुबन्धित गरिएको छ । निर्माण कम्पनी र छायाँकार लालबीच गत आइतबार भर्चुअल माध्यममार्फत लिखित सम्झौता भएको निर्देशक चन्द्र पन्तले जनाएका छन् । उनले छायांकन गरेको पछिल्लो फिल्म ‘हिरोपन्ती २’ रिलिजको तयारीमा छ ।

कन्नडा मूलका छायाँकार कबीरले बलिउड थुप्रै फिल्महरु छायांकन गरेका छन् । सलमान खान, शाहरुख खान, अनिल कपुर, टाइगर श्राफ, ऋतिक रोशन लगायतका फिल्म छायांकन गरिसकेका कबीरलाई अनुबन्धित गर्नुको कारण फिल्म हिन्दी भाषामा पनि निर्माण रहेको निर्देशक पन्तले बताए । फिल्म दुई भाषामा बन्दैछ । हामी कुनै सम्झौता बिना फिल्म तयार गर्ने तयारी गरिरहेका छौँ । भारतीय प्राविधिक कलाकार तथा प्राविधिक पनि संलग्न हुने भएकाले उहाँलाई लिएका हौं ’ निर्देशक पन्तले भने ।

निता फिल्म्सले भारतीय कम्पनी काकत्यान प्रोडक्सनसँग मिलेर फिल्म निर्माण गर्ने फिल्म ‘ह्रस्व दीर्घ’ मा भारतीय प्राविधिकसँगै चिनिएका कलाकारहरु रहने निर्देशक पन्तले बताएका छन् । कन्नडा फिल्म ‘कर्तव्य’ बाट छायांकन करिअर सुरु गरेका कबीरले अनिल कपुरको त्रिमूर्तिबाट बलिउडमा काम सुरु गरेका थिए । त्यस यता उनले कहो ना प्यार है, ताल, खौफ, युवराज, हिरोपन्ती–२ लगायत ३४ हिन्दी फिल्म छायांकन गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : ४५ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट