दक्षिण कोरियाली आरोही सुङ तेक होङले सातौँ पटक ल्होत्से आरोहण गर्ने « Khabarhub

दक्षिण कोरियाली आरोही सुङ तेक होङले सातौँ पटक ल्होत्से आरोहण गर्ने


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रख्यात दक्षिण कोरियाली आरोही सुङ तेक होङले दक्षिणी मोहोडाबाट ल्होत्से हिमालको सातौँ पटक आरोहण गर्ने भएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा होङले यसबारे जानकारी दिएका हुन् । ‘दक्षिणी मोहोडाबाट म ल्होत्से आरोहणको सातौँ प्रयास गर्दैछु ।’ ५५ वर्षे होङले भने ।

उनको आरोहण दलमा उनीसँगै म्युङ सुक कोह, ब्योङ ताए, जुपिल पार्क, नाक्जोङ सोङ, जाए चुल किम, योर्गे एगोक्सेरागा रोड्रिग्वेज र भादिम पिर्मिन ड्रुले गरी ८ सदस्य छन् ।

आरोहण दलमा थप १४ शेर्पा पनि सहभागी हुने आरोहण अभियानको व्यवस्थापक सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।

विश्वको चौथो अग्लो ल्होत्से हिमाल आरोहणका हिसाबले विश्वकै सबैभन्दा कठिनमध्ये एक हो । यसअघि होङले सन् १९९५ मा तिब्बती मोहोडाबाट सगरमाथा आरोहण गरिसकेका छन् ।

उनी ल्होत्से आरोहणका लागि बुधबार लुक्ला तर्फ लाग्ने जनाइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ६ : ४२ बजे

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन