मिस उर्लाबारी २०२२ को उपाधि दिया दाहाललाई « Khabarhub

मिस उर्लाबारी २०२२ को उपाधि दिया दाहाललाई


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाल आईस मिस उर्लाबारी २०२२ को तेस्रो संस्करणको उपाधि मिक्लाजुङकी दिया दाहालले जितेकी छन् ।

सोमबार साँझ होटल ग्रान्डमा सम्पन्न फाइनल राउण्डमा प्रमुख निर्णायक भिषण राईले सोधेको प्रश्नको उत्तरमा ‘आगामी स्थानीय निर्वाचनमा महिला सशक्तीकरण, रोजगारी र शिक्षा प्रदान गर्न पहल गर्न सुझाव दिनुपर्छ’ भन्ने सटिक उत्तर दिँदै उनले टप ५ बाट मिस उर्लाबारीको ताज पहिरिएकी हुन् ।

उनले नेपालआइस मिस उर्लाबारी २०२२ उपाधिसँगै नगद पचास हजार तथा ट्रफी प्राप्त गरिन् ।

त्यस्तै उर्लाबारीकी ज्वाला लिम्बू फस्ट रनर अप भइन भने सेकेन्ड रनरअप उर्लाबारीकी अंकिता कटवाल भइन्।

उनीहरूले क्रमशः नगद तीस हजार र बीस हजार रुपैयाँ प्राप्त गरे ।

ज्वाला लिम्बुले पब्लिक च्वाइस अवार्डको टाइटलसमेत हात पारिन । त्यस्तै कुमकुम चौधरीले मिस पर्सनालिटी र एथलेटको टाइटल जितिन् भने अन्किता कटुवाल मिस ट्यालेन्ट, नलिना कट्टेल मिस डिसिप्लिन, निशा धिमाल बेस्ट क्याटवाक, सोफिया लिम्बू मिस फ्रेन्डसीप र अबिशा लिम्बूले मिस फोटोजेनिकको टाइट्ल जितिन् ।

मिस उर्लाबारी २०२२ मा १७ युवतीले प्रतिस्पर्धा गरका थिए । स्थानीय युवतीहरूको प्रतिभा प्रस्फुटन गर्ने अभिप्रायले आयोजना गरिएको मिस उर्लाबारी आउँदो वर्षबाट नियमित आयोजना गर्ने आयोजक सेन्ट्रल फेसन हबका अध्यक्ष जीवन चिमरियाले बताए।

सबिना पोदारको कोरियोग्राफी रहेको मिस उर्लाबारीको मुख्य निर्णायकमा सन्चारकर्मी तथा चलचित्र निर्देशक भीषण राई र अन्य निर्णायकमा संचारकर्मी तथा मोटीभेशनल स्पिकर सुरेश राई, मिस टुरिजम नेपाल २०२१ आयुशा बस्नेत, मिस लिम्बु २०१७ कि फर्स्ट रनर अप सन्ध्या तुम्बाहाम्फे, प्राचार्य ज्ञानेन्द्र सुनार र गायक निमा तामाङ रहेका थिए । निर्णायक तथा गायक निमा तामांगले आफ्ना केही गीतसमेत गाएका थिए।

कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो पनि उपस्थित थिए ।

प्रतियोगिताका विजेता तथा उपविजेताले धरानमा आयोजना हुने मिस पूर्वान्चलमा सिँधै प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने भएको छ ।

सेन्ट्रल फेसन हब उर्लाबारीको आयोजनामा भएको नेपालआइस मिस उर्लाबारी २०२२ उर्लाबारी नगरपालिकाको सहयोग र सिजी ब्रुअरीको मुख्य प्रायोजन र प्रिन्सेस वाइनलगायत स्थानीय व्यवसायीहरूको प्रायोजनमा सम्पन्न भएको थियो।

यसअघि सन २०१३ मा नेमिता आङ्बुहाङ् र २०१८ मा रुशाली केसीले मिस उर्लाबारीको ताज जितिसकेका छन् भने नेमिताले मिस पूर्वान्चलको ताज पनि जितेकी थिइन् ।

 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १० : ५६ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी