गठबन्धनको निर्णयः सिट बाँडफाँटका सात आधार « Khabarhub

गठबन्धनको निर्णयः सिट बाँडफाँटका सात आधार


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनले सिट बाँडफाँटका सात आधार तय गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले चुनावी सिट बाँडफाँटका लागि सात आधार तय गरेको हो ।

सिट बाँडफाँटका सात आधार:

१. २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिलाई यसैअनुसार मान्ने ।

२. २०७४ निर्वाचनमा दलका उम्मेदवारहरूले पालिका र वडामा प्राप्त मतको मत भार ।

३. २०७४ स्थानीय निर्वाचनमा विजय प्राप्त गरेको नभएता पनि स्थानीय तहमा उपस्थिति रही  यथासक्य गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने।

४. २०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा गठबन्धनभित्रका दलले उक्त निर्वाचनमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । यसका साथै उक्त तहमा दलका उम्मेदवारहरूले प्राप्त गरेको भरलाई पनि आधार बनाउने ।

५. नेकपा एकीकृत समाजवादी २०७४ को निर्वाचनमा उक्त पार्टीको रूपमा नभएको हुँदा बुँदा नम्बर ४ मा उल्लेखित आधारहरूले मात्र नहुने र उक्त पार्टी नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्ति रहेको यथार्थलाई मनन गर्ने ।

६. गठबन्धनमा रहेका दलहरूबीच सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारहरूका अतिरिक्त वर्तमान समय गठबन्धनका दलहरूको संगठनात्मक अवस्था जनसमर्थनलाई महत्वका साथ ध्यान दिने ।

७. गठबन्धनभित्र रहेका दलहरूबीच मात्र चुनावी तालमेल गर्ने ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ११ : ३२ बजे

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम

टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) 

काठमाडौं- नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र

‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन,