गठबन्धनको निर्णयः सिट बाँडफाँटका सात आधार « Khabarhub

गठबन्धनको निर्णयः सिट बाँडफाँटका सात आधार


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनले सिट बाँडफाँटका सात आधार तय गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले चुनावी सिट बाँडफाँटका लागि सात आधार तय गरेको हो ।

सिट बाँडफाँटका सात आधार:

१. २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिलाई यसैअनुसार मान्ने ।

२. २०७४ निर्वाचनमा दलका उम्मेदवारहरूले पालिका र वडामा प्राप्त मतको मत भार ।

३. २०७४ स्थानीय निर्वाचनमा विजय प्राप्त गरेको नभएता पनि स्थानीय तहमा उपस्थिति रही  यथासक्य गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने।

४. २०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा गठबन्धनभित्रका दलले उक्त निर्वाचनमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । यसका साथै उक्त तहमा दलका उम्मेदवारहरूले प्राप्त गरेको भरलाई पनि आधार बनाउने ।

५. नेकपा एकीकृत समाजवादी २०७४ को निर्वाचनमा उक्त पार्टीको रूपमा नभएको हुँदा बुँदा नम्बर ४ मा उल्लेखित आधारहरूले मात्र नहुने र उक्त पार्टी नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्ति रहेको यथार्थलाई मनन गर्ने ।

६. गठबन्धनमा रहेका दलहरूबीच सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारहरूका अतिरिक्त वर्तमान समय गठबन्धनका दलहरूको संगठनात्मक अवस्था जनसमर्थनलाई महत्वका साथ ध्यान दिने ।

७. गठबन्धनभित्र रहेका दलहरूबीच मात्र चुनावी तालमेल गर्ने ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ११ : ३२ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर