खोटाङमा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट « Khabarhub

खोटाङमा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको छ । मौन अवधिमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका कांग्रेस सभापति केदार राई नेतृत्वको समूहले माओवादी केन्द्रका कार्यकर्ता पदम राईलाई कुटपिट गरेको दाबी गरिएको छ ।

पदम बुधबार हलेसीबजारबाट घर गैरीगुठ जानेक्रममा बाटोमा कुटिएका हुन् । ७ जनाको समुहले ‘कता हिँडेको, कहाँ हिँडेको, आफ्नो टोलमा जा’ भन्दै कुटपिट गरेको पदमले बताए । उनलाई हलेसीस्थित एक क्लिनिकमा सामान्य उपचारपछि जिल्ला अस्पताल लगिएको छ । ‘हलेसीबाट घर जानेक्रममा एउटा घरमा बिसाइरहेका थियौं । कहाँ हिँडेको, के गर्न हिँडेको, आफ्नो गाउँ जा भन्दै कुटपिट गर्‍यो,’ पदमले भने, ‘दिपक राईले हात हालेपछि केदार लगायत सात जनाको समुहले कुटपिट गर्‍यो । भागेर ज्यान बचाएँ ।’

मौन अवधिमा भोट माग्दै गरेको भेटिएपछि पदममाथि हातपात भएको जानकारी आएको कांग्रेस जिल्ला उपसभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले पनि भोट मागेकै विषयमा सामान्य झगडा भएको बताएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ६ : ०८ बजे

कुलमानको स्पष्टीकरण : कसैसँग एकता हुँदैन, नेकपासँग पनि मिल्ने सम्भावना छैन

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

बनेपाबाट सुमो रिजर्भ गरेर बैंक लुट्न सिन्धुली, भोक लागेर चाउचाउ किन्न जाँदा समातिए ‘लुटेरा’

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, बस्तीपुर हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा

विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका ४ बजेलाई सारियो

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यतालिका संशोधित

विश्वप्रकाश ८ बुँदे बोकेर सानेपातिर, विशेष महाधिवेशनको निर्वाचन ४ बजेसम्मलाई सारियो

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि अघि सारेको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी,  विश्वप्रकाश सानेपा जाँदै

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा