हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत « Khabarhub

हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि हेटौँडाको दुई केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन् ।

हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये दुई केन्द्रमा महिला मतदान अधिकृतलाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माका अनुसार वडा नं २ स्थित सिद्धार्थ मावि (घ)को मतदान केन्द्रमा मतदान अधिकृत विष्णुकुमारी लामिछाने र सहायक अधिृकत कृष्णकुमारी खरेल रहेकी छन् भने वडा नं १२ स्थित महेन्द्र मावि पदमपोखरी (घ) को मतदान केन्द्रमा मतदान अधिकृत शान्तिमाया मोक्तान र सहायक मतदान अधिकृत अनुकुमारी लामा रहेकी छन् ।

अन्य मतदान अधिकृतहरूमा भने पुरुष नै छन् । यहाँका सबै वडाको मतदान केन्द्रमा मतपत्रसहितको निर्वाचन टोली आइसकेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ६ : ३६ बजे

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको