उल्भ्सलाई हराउँदै सिटी उपाधि नजिक « Khabarhub

उल्भ्सलाई हराउँदै सिटी उपाधि नजिक


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केभिन डी ब्रुयनाको चार गोलप्रेरित म्यानचेस्टर सिटीले बुधबार उल्भ्सलाई ५-१ ले निराश पार्दै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुनः तीन अंकको अग्रता लिएको छ ।

लिभरपुलले मंगलबार एस्टन भिल्लामाथि पुनरागमन जितमा शीर्ष स्थानको सिटीसँग अंक बराबरी गरेको थियो । चोटका कारण सिटी रुबेन डायस, जोन स्टोन्स र काइल वाल्करविनै मैदान उत्रिएको थियो ।

सातौं मिनेटमा डी ब्रुयनाको गोलमा सिटीले अग्रता लिएको थियो । ११औं मिनेटमा डेनडक्करले उल्भरहमटनलाई खेलमा फर्काए । त्यसको पाँच मिनेटपछि नै डी ब्रुयनाको गोलमा सिटीले पुनः अग्रता लियो ।

२४औं मिनेटमा डी ब्रुयनाले ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता ३-१ मा पुर्याएका थिए । ६०औं मिनेटमा डी ब्रुयनाले व्यत्तिगत चौथो गोल पूरा गर्दा सिटी सहज जिततर्फ अघि बढेको थियो । खेल सकिन ६ मिनेट बाँकी रहँदा रहिम स्टर्लिङको गोलमा सिटीको फराकिलो जित पक्का गरेका थिए ।

सिटी ३६ खेलमा ८९ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको लिभरपुल भन्दा तीन अंक बढी हो । उपाधि रक्षाको लक्ष्यमा रहेको सिटीले अन्तिम दुई खेलमा क्रमश वेस्ट हम युनाइटेड र एस्टन भिल्लाको सामना गर्नेछ ।

अन्तिम दुई खेलमा चार अंक मात्र जोडे पनि पेप ग्वार्डिओलाको टोलीको उपाधि रक्षा लक्ष्यले पूर्णता पाउनेछ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ७ : ३० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर