बाँकेमा सुरक्षाकर्मीसहित छ हजार कर्मचारी परिचालन « Khabarhub

बाँकेमा सुरक्षाकर्मीसहित छ हजार कर्मचारी परिचालन


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – स्थानीय तहको निर्वाचनका लागि बाँकेमा कर्मचारी र सुरक्षाकर्मीसहित करिब छ हजार २०० परिचालन भएका छन् ।

शुक्रबार हुने निर्वाचनका लागि जिल्लाका आठ पालिकामा निजामती र संस्थानका गरी दुई हजार २०० कर्मचारी र चार हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । बाँकेमा १३६ मतदान केन्द्र र ३७९ मतदानस्थल रहेका छन् ।

जिल्लाका १३६ मतदान केन्द्रमध्ये १०६ मतदान केन्द्र अत्यन्तै संवेदनशील भएको र ३० मतदान केन्द्र संवेदनशील रहेको सुरक्षा विश्लेषण गरी सोअनुरुप सुरक्षा प्रबन्ध मिलाइएको छ । सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै सुरक्षा निकायलाई जिम्मेवारीअनुसार परिचालन गरिएको छ । प्रजिअ खत्रीले भारतसँग खुला सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर मतदान केन्द्रलाई अतिसंवेदनशील र संवेदनशिलको रूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाएको उल्लेख गर्दै भारतँंग सीमा जोडिएका पालिकाको वडामा रहेका मतदान केन्द्र अत्यन्तै संवेदनशीलको रुपमा लिइएको बताए ।

निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गर्ने द्विपक्षीय सहमति भइसकेकाले यही वैशाख २७ गते राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्मका लागि सीमाक्षेत्रबाट हुने आवागमन पूर्णरूपले बन्द गरिएको छ । एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका रहेको जिल्लामा कूल तीन लाख २९ हजार ४७३ ले मतदानमा भाग लिदैछन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ८ : ३२ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले