प्रचण्डले चितवनको पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्ने « Khabarhub

प्रचण्डले चितवनको पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्ने


२९ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – स्थानीय तहको निर्वाचन भोलि शुक्रबार हुँदैछ । निर्वाचन आयोगले सबै मतदान केन्द्रमा कर्मचारी खटाइसकेको छ, सुरक्षाकर्मी पनि परिचालन भइसकेका छन् । मतदानका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् ।

प्रचण्ड मतदानको दिनभन्दा दुई दिन अगाडि नै चितवन आएर बसेका हुन् । मौन अवधिमा मतदाता प्रभावित पार्न उनी सक्रिय देखिन्छन् । बुधबार छोरी रेणु दाहालको निवासमा प्रचण्ड बसेका बेला प्रचण्ड निवासमा सरकारी र निजी गाडीको लावालस्कर लागेको थियो ।

मौन अवधिबीच प्रचण्ड आज माडी जाँदै छन् । उनले आफ्नी छोरी भरतपुर महानगरपालिकाको मेयरको उमेदवार रेणु दाहाललाई भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गर्दै छन् ।

पाँच दलीय गठबन्धनबाट मेयरमा रेणु दाहालको उमेदवारी छ । मेयर उमेदवार स्वयं रेणुले पनि पुलिस स्कुलबाट मतदान गर्ने माओवादी केन्द्र चितवनका संयोजक आरसी अधिकारीले जानकारी दिए ।

‘दुबै जनाले पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्दै हुनुहुन्छ । कतिबेला गर्ने भनेर समय भने तय भइसकेको छैन,’ उनले भने ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ९ : ४० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया