उत्तर कोरियामा पहिलोपटक कोरोना संक्रमित फेला « Khabarhub

उत्तर कोरियामा पहिलोपटक कोरोना संक्रमित फेला


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियामा पहिलो पटक कोभिड १९ को संक्रमण भेटिएको उत्तर कोरियाली सरकार नियन्त्रित समाचार संस्था केसीएनएले जनाएको छ ।

राजधानी प्योङ्याङमा फेला परेका संक्रमितको संख्याबारे भने केसीएनएले कुनै विवरण उपलब्ध नगराएको बीबीसीले जनाएको छ । चार दिनअघि प्योङ्याङमा कोरोना संक्रमण भेटिएको केसीएनएको भनाइ छ ।

दक्षिण कोरियाको राजधानी सोलमा आधारित रही उत्तर कोरियाको निगरानी गर्दै आएको एनके न्युजले भने कोरोना भाइरसबारे पछिल्लो विवरण सार्वजनिक हुनुअघि नै प्योङ्याङमा दुई दिनसम्म लकडाउन लागू गरिएको दाबी गरेको छ ।

त्यहाँ पाइएको संक्रमण कोभिडको ओमिक्रोन भेरियन्टको भएको पनि पाइएको समाचारमा जनाइएको छ । संक्रमण पुष्टि भएपछि उत्तर कोरिया सरकारले यसलाई राष्ट्रिय संकटको अवस्थाको रुपमा घोषणा गरेको समेत जनाइएको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले कोरोना महामारीलाई नियन्त्रण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको केसीएनएले जनाएको छ ।

यद्यपि उत्तर कोरियामा यसअघि नै कोरोना भाइरस देखिसकेको भएपनि सरकारले यसबारे जानकारी उपलब्ध नगराएको टिप्पणी हुँदै आएका छन् ।

कोरोना भाइरसविरुद्ध अन्तर्राष्ट्रिय खोप कार्यक्रममा सहभागी नभएका कारण उत्तर कोरियाका २ करोड ५० लाख जनसंख्या संक्रमणको उच्च जोखिममा रहेको समेत जनाइएको छ ।

यसबाहेक उत्तर कोरियाको कमजोर स्वास्थ्य संरचनाका कारण पनि खतरा उच्च रहेको बीबीसीले जनाएको छ । यसअघि आफ्नो मुलुकमा कोरोना भाइरस रोक्न भन्दै उत्तर कोरियाले सन् २०२० मा नै आफ्नो सीमानाका बन्द गरिदिएको थियो ।

यसबाट विदेशबाट हुने अत्यावश्यक वस्तुको आपूर्ति ठप्प हुँदा खाद्यान्नको अभाव र त्यहाँको अर्थतन्त्रमा नकारात्मक असर पुगेको बीबीसीले जनाएको छ ।

केसीएनएका अनुसार सर्वोच्च नेता किमले भाइरस नियन्त्रण गर्न ‘सर्वाधिक आपतकाल’ को घोषणा गरेका छन् । यससँगै केही स्थानमा लकडाउन र कार्यक्षेत्रमा विशेष बन्देजको व्यवस्था मिलाइएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  १२ : ३७ बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा