सामान्य सोधपुछपछि छुटे बास्तोला « Khabarhub

सामान्य सोधपुछपछि छुटे बास्तोला


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङको भालुवाङबाट पक्राउ परेका नेकपा (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन्। बुटवलमा भएकाे बम विस्फाेटमा नेकपा बहुमत पार्टीकाे संलग्नताकाे आशङ्कामा प्रहरीले सोधपुछ पछि उनलाई छोडेको हो।

पोखराबाट कोहलपुर जाँदै गर्दा बिहीबार बिहान बास्तोलालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरी साेधपुछपश्चात् लिखित कागज गरेर छाेडेकाे प्रहरी स्रोतले जनाएको छ।

प्रहरीको सोधपुछमा बास्तोलाले आफ्नो पार्टीले स्थानीय चुनाव बिथोल्ने खालका क्रियाकलाप नगर्ने जानकारी गराएका छन्। बास्तोला पक्राउ परेपछि बुधबारै नेकपा (बहुमत) ले विज्ञप्ति जारी गर्दै तत्काल रिहा नगरी आन्दोलन गर्ने चेतावनी दिएको थियो।

विज्ञप्तिमा आफ्नो पार्टीको कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको कुरा स्पष्ट गरिएको छ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  १२ : ५८ बजे

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक