धनुषा प्रहरीले भन्यो- मुस्लिम आयोगका अध्यक्षलाई पक्राउ गरेका छैनौँ « Khabarhub

धनुषा प्रहरीले भन्यो- मुस्लिम आयोगका अध्यक्षलाई पक्राउ गरेका छैनौँ


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- धनुषा प्रहरीले मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारीलाई पक्राउ नगरेको प्रष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा अध्यक्ष अन्सारीलाई पक्राउ गरेको समाचार आएपछि प्रहरीले पक्राउ नगरेको प्रष्ट पारेको हो ।

धनुषा प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले पक्राउ परेको भन्ने समाचार झूटा भएको बताए । ‘बिहानदेखि २० जनाले फोन गरेर सोधिक्नुभयो । उहाँ पक्राउ पर्नु भएको होइन् । साथीको घरमा खाना खान गएपछि पैसा बाँड्न आएको भन्दै केहीले होहल्ला गर्नुभएको रहेछ । पछि हामीले उहाँको रेस्क्यू गरेका हौँ ।’ प्रवक्ता क्षेत्रीले भने । 

धनुषामा रहेका अध्यक्ष अन्सारी आज बिहान आफ्ना साथी तथा प्रदेशसभा सदस्य हकिम रहिमको घरमा खाना खान गएका थिए । प्रवक्ता क्षेत्रीका अनुसार त्यही खाना खाएर दिउँसो काठमाडौं फर्किने कार्यक्रम थियो । तर, पैसा बाँड्न आएको भन्दै होहल्ला भएपछि प्रहरीले उद्धार गरेको उनको भनाइ छ । 

प्रहरीले उद्धार गरेर उनलाई काठमाडौं पठाइसकेको छ । मतदातालाई प्रभावित पार्न पैसा बाँड्न खोजेको आरोप नेकपा एमालेले लगाएको छ । मुस्लिम समुदायका अगुवालाई बोलाएर अन्सारीले पैसा बाँड्न खोजेको सूचना पाएपछि आफूहरू त्यहाँ पुगेको नेकपा एमालेले जनाएको छ । तर, प्रहरीले भने साथीको घरमा गएको बेला एमाले कार्यकर्ताले पैसा बाँड्न आएको भन्दै होहल्ला गरेको प्रष्ट पारेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  १ : ४८ बजे

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

गण्डकी– सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष (आव) २०८३–८४

ट्राफिक कारबाहीबाट ६ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमन एक हजार

नेपाल थारु संघको पहिलो महाधिवेशन आजबाट सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आजदेखि

एमाले छाडिसकेका अरगरियालाई ओलीले दिए पार्टीको जिम्मेवारी

काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टी परित्यागको घोषणा

पर्यटकले ढोरपाटनका होटल भरिभराउ, बास नपाएपछि सयौँ फर्किए

बागलुङ– लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका