गोताबाया राजपाक्षेद्वारा राष्ट्रका नाममा सम्बोधन, प्रदर्शनकारी भन्छन् ‘३० दिनसम्म कहाँ हुनुहुन्थ्यो ?’ « Khabarhub

गोताबाया राजपाक्षेद्वारा राष्ट्रका नाममा सम्बोधन, प्रदर्शनकारी भन्छन् ‘३० दिनसम्म कहाँ हुनुहुन्थ्यो ?’


२९ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकमा जारी चरम आर्थिक संकट र अत्यावश्यक वस्तुको अभावका कारण हिंसात्मक सरकारविरोधी प्रदर्शन चर्किरहेका बेला श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

गत महिना सरकारविरोधी प्रदर्शन शुरु भएयता पहिलोपटक बुधबार अबेर राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति राजपाक्षेले मुलुकको राष्ट्रपतीय अधिकारी संसदलाई हस्तान्तरण गर्न तयार रहेको बताएको बीबीसीले जनाएको छ ।

यद्यपि उनले कुनै समयसीमा भने निर्धारण नगरेको बताइएको छ । सरकार विरोधी प्रदर्शनकारीले भने राष्ट्रपति गोताबाया सहित श्रीलंकामा सत्तारुढ राजपाक्षे परिवारका सबैले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

यसअघि गत सोमबार प्रधानमन्त्री महिन्दाले राजीनामा दिएका थिए । आक्रोशित प्रदर्शनकारीको आक्रमणबाट जोगिन हाल उनी श्रीलंकाली नौसैनिक आधारमा शरण लिइरहेको बताइएको छ ।

राष्ट्रका नाममा सम्बोधनका क्रममा राष्ट्रपति गोताबायाले आफ्नो राजीनाका सन्दर्भमा कुनै जिकिर नगरेको बीबीसीले जनाएको छ । आफ्ना दाजु महिन्दाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको उल्लेख गर्दै राष्ट्रपति गोताबायाले संसदमा बहुमत पुर्‍याउनेलाई नयाँ प्रधानमन्त्रीको जिम्मेवारी दिँदै नयाँ मन्त्रिपरिषद् गठन गर्ने समेत आश्वासन दिए ।

यद्यपि वर्तमान समयमा कुन पार्टीले नयाँ सरकार बनाउने भन्ने अझै स्पष्ट नभइसकेको बीबीसीले जनाएको छ ।

यता सरकार विरोधी प्रदर्शनकारीले भने गोताबायाको भाषणले राष्ट्रमा जारी समस्याको सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् । ‘३० दिनसम्म तपाईँ कहाँ हुनुहुन्थ्यो ? मानिसहरूसँग औषधि छैन, मानिसहरूसँग खानेकुरा छैन, पूरा मुलुक ठप्प छ ।’ राजधानी कोलम्बोका प्रदर्शनकारी कभिण्ड्य थेन्नकुनले बीबीसीलाई बताए, ‘उनले अघि सारेका सुधार हामीलाई चाहिएको छैन । हामीलाई अहिले चाहिएको कुरा उनको राजीनामा हाे । मेरो दिमागलाई अचम्म लाग्छ गोताबाया राजपाक्षेले यो कुरा बुझ्दै बुझ्दैनन् ।’

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  १ : ३६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया