स्थानीय तह निर्वाचन : कामपामा १५६ केन्द्र र ३६३ मतदानस्थल « Khabarhub

स्थानीय तह निर्वाचन : कामपामा १५६ केन्द्र र ३६३ मतदानस्थल


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ ।  

तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन् । धेरै मतदाता हुने दोस्रोमा वडा नं ३२ हो । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । वडा ३१ मा १८ हजार १०७ जना मतदाता  छन् । त्यसैगरी वडा नं. १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा ३ हजार ७२९ मतदाता छन् ।

 वडा नं २३ मा चार हजार ४७७ मतदाता छन् । वडा २० मा ४ हजार ६१४ मतदाता छन् । कामपामा १५६ वटा मतदान केन्द्र तोकिएका छन् । यसमा ३६३ वटा मतदानस्थल छन् । वडा ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो । यसमा ११ केन्द्र छन् । 

यसैगरी वडा १६ मा १० केन्द्र छन् । यो वडा धेरै केन्द्र भएका वडामध्ये दोस्रोमा पर्छ । वडा ७ र ३२ मा ९/९ वटा केन्द्र छन् । सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ नं हो । यसमा एउटा मात्र केन्द्र छ । वडा १९, २० र २४ मा २/२ वटा मात्र केन्द्र छन् । यसैगरी वडा १, ५, ८, १२, १८ र २९ मा ३/३ वटा मतदान केन्द्र छन् । 

सबैभन्दा धेरै मतदानस्थल भएको वडा १६ हो । यस वडामा २३ वटा बुथ छन् । वडा ३१ र ३२ मा २२/२२ वटा मतदानस्थल छन् । धेरै मतदानस्थल भएको तेस्रो वडा १४ नंं हो । यस वडामा २१ वटा मतदानस्थल रहेको जनाइएको छ । 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  २ : ०८ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर