कञ्चनपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा « Khabarhub

कञ्चनपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । 

निर्वाचन अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी विभिन्न मतदान केन्द्रमा पुगेका छन् । महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट निर्वाचन अधिकृतलगायत कर्मचारी ३४१ मतदान केन्द्रमा मतपत्र र मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित पुगेका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले सबै मतदान केन्द्रमा अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनसम्बन्धी काम भइरहेको बताए। 

तीन सय मिटरको क्षेत्रलाई मतदान केन्द्र तोक्ने, प्रचारप्रसार वा शान्ति भङ्ग गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, मादकपदार्थ निषेध गर्ने, मतदान केन्द्र निर्माण कार्य अन्तिम चरणका पुगेको जनाइएको छ । जिल्लाको नौ स्थानीय तहमध्ये कञ्चनपुरमा दुई लाख ९५ हजार ३५४ मतदाता छन् । जसमध्ये महिला मतदाता एक लाख ५२ हजार ११२ र पुरुष मतदाता एक लाख ४३ हजार २४१ रहेका छन् । जिल्लाका मतदान केन्द्रमा एक हजार ७०५ कर्मचारी खटिसकेका छन् । 

निर्वाचनका लागि जिल्लामा आवश्यक सुरक्षा व्यवस्था पूरा भइसकेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए । उनका अनुसार निर्वाचन सुरक्षार्थ कञ्चनपुरमा झण्डै तीन हजारको संख्यामा सुरक्षाकर्मी परिचालनको व्यवस्था गरिएको छ ।

 जिल्ला सुरक्षा समितिले निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतसँग समन्वय गरेर निर्वाचन सम्पन्न गराउने कार्य भइरहेको उनको भनाई छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  २ : २४ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ