धनुषामा स्थानीय तह निर्वाचनका लागि सबै तयारी पूरा | Khabarhub Khabarhub

धनुषामा स्थानीय तह निर्वाचनका लागि सबै तयारी पूरा


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्थासहित सबै तयारी पूरा भएको छ । 

जिल्लाका १८ स्थानीय तहका मतदान केन्द्रमा मतपेटिका र मतपत्रलगायतका आवश्यक सामग्री पुगिसकेको छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि सबै मतदानस्थलमा म्यादीसहितको सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा भाग लिने ३२ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित छ हजारभन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  निर्वाचन अन्तर्गत आज मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदाता शिक्षाअन्तर्गत मतदान गर्ने तरिकासम्बन्धी जानकारी दिइने मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उनका अनुसार जिल्लामा ३२३ मतदान स्थल र ५९६ मतदान केन्द्र कायम गरिएको छ । 

निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा स्थानीय प्रशासनले भारतसँग जोडिएका सीमानाका बन्द गरेको छ भने मदिरा बिक्री वितरणमा निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्थाअनुसार आदेश जारी गरिएको जानकारी दिए ।

 मङ्गलबार राति १२ बजेदेखि नै मतदान कार्य सम्पन्न नभएसम्मका लागि जिल्लाभरि सबै प्रकारका मादक पदार्थको बिक्री वितरण र सेवन कार्य निषेध गर्नुका साथै मङ्गलबार राति १२ बजेदेखि ३० वैशाखसम्म भारतीय सीमासँग जोडिएका सीमानाकासमेत पूर्णरूपमा बन्द गरिएको उनले जानकारी दिए 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ३ : ०८ बजे

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

‘सितारे जमिन पर’का विशेष क्षमता भएका कलाकारले भेटे शाहरुखलाई

काठमाडौं – बलिउड अभिनेता आमिर खानले विशेष क्षमता भएका व्यक्तिहरुलाई

केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायलले आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने

तेहरान – इरानले आफूमाथि भएको आक्रमण नरोकिएसम्म आणविक वार्ता नहुने

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई