रणवीर भन्छन् , ‘सबै भारतीय फिल्म हुन्’ « Khabarhub

रणवीर भन्छन् , ‘सबै भारतीय फिल्म हुन्’


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता साउथ इन्डियन फिल्महरूले बलिउड फिल्मलाई ‘डोमिनेट’ गरिरहेका छन् । 

बलिउड फिल्मले कयौँ वर्ष देखि भारतीय फिल्मको रुपमा बनाएको पहिचानलाई पछिल्ला केही साउथ  इन्डियन फिल्मले ध्वस्त बनाएका छन् । यसै विषयलाई लिएर केही समय अगाडि साउथ इन्डियन अभिनेता किच्चा सुदीप र नर्थ इन्डियन अभिनेता अजय देवगण बीच सामाजिक सञ्जालमै डिबेट समेत भयो । 

निर्देशक तथा अभिनेता  किच्चा सुदीपले हिन्दी भाषा सबै भारतीयको मूल भाषा होइन, भारतीयहरू अरू भाषा पनि बोल्छन् र ती पनि प्रमुख भाषा हुन् भन्ने अभिव्यक्ति दिएपछि अभिनेता अजय देवगणले दिएको जवाफले खुब चर्चा पाएको थियो। अजयले सुदीपको ट्विटमा जवाफ लेख्दै ‘हिन्दी भाषा सबैको होइन भने किन दक्षिण भारतीय फिल्महरू हिन्दीमा डब गरिन्छन्’ भन्ने आसयको भनाइ राखेका थिए। 

अभिनेता रणवीर सिंहले हालै बलिउड र दक्षिण भारतीय फिल्मका बीच चलिरहेको बहसमा आफ्नो प्रतिक्रिया दिएका छन्। उनले आफूले पुष्पा र आरआरआर हेरेको बताउँदै भने ‘मलाई उनीहरूको भाषा आउँदैन । यद्यपि म उनीहरूको कामको प्रशंसक भए । फिल्महरू सबै भारतीय हुन् । यसलाई यसमै छाडिदिउँ । रणवीरले आफूलाई साउथ इन्डियन मेकिङ देख्दा गर्व लाग्ने समेत प्रतिक्रिया दिएका छन् । ‘पुष्पा र आरआरआर जस्ता फिल्मको मेकिङ शानदार तरिकाले गरिएको छ। 

मलाई दक्षिण भारतीय फिल्मले यति राम्रो काम गरिरहेकोमा गर्व लाग्छ। मलाई साँच्चै गर्व छ र उनीहरू सबै आफ्नै हुन्’ रणवीरले भने ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ५ : १३ बजे

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न

‘जो बोल्न सक्दैन, हिँड्न सक्दैन त्यो नेपाली कांग्रेसको सभापति हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मनसुरले बोल्न नसक्ने हिँड्न नसक्ने

कारबाही खारेज गर्दै गगनले भने : रूखबाहेक अन्त भोट हाल्नु पर्दैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कार्यकर्ताहरूले रुख