निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला निकायसँग अपिल « Khabarhub

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला निकायसँग अपिल


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराई नागरिकको अधिकारको पूर्ण सम्मान र संरक्षणका लागि सरोकारवाला निकायसँग अपिल गरेको छ । 

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनलाई विश्वसनीय बनाउन मतदातालाई निर्भयतापूर्वक मतदान गर्ने वातावरण निर्माण गर्नु आवश्यक भएकाले निर्वाचनमा सबै पक्षको सहभागिताको सुनिश्चितता गराउन पनि आयोगले आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तप बहादुर मगरले निर्वाचन आयोगबाट जारी भएको आचारसंहिताको पूर्णरुपमा कार्यान्वयन गराउन, दृष्टिविहीन तथा अपाङ्ता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी लगायतलाई मतदान केन्द्रमा सहज पहुँचको व्यवस्था गर्न आयोगसँग अनुरोध गरे । उनले निर्वाचन पर्यवेक्षकहरूले आफ्नो सीमाभित्र रहेर तटस्थ रुपमा निर्वाचनको पर्यवेक्षण गर्न पनि आग्रह गरे । त्यस्तै उनले कुनै दवाव र प्रभावमा नपरी निर्भीकताका साथ आफूले उपयुक्त ठानेको सक्षम जनप्रतिनिधि छनौट गर्न पनि मतदाताहरूसँग आग्रह गरे ।

आयोगले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलहरूले नै आचारसंहिताको उल्लङ्घन गरेको पाइएको पनि जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ६ : १७ बजे

डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा

काठमाडौं – नायिका सिम्रन खड्का अहिले चर्चामा छिन् । उनको

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को