कैलालीमा निर्वाचनको सबै तयारी पूरा | Khabarhub Khabarhub

कैलालीमा निर्वाचनको सबै तयारी पूरा


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि कैलालीमा सबै तयारी पूरा भएको छ ।

कैलालीमा २ लाख ५६ हजार १ सय ४ जना पुरुष, २ लाख ६९ हजार १० जना महिला र ११ जना अन्य गरी जम्मा ५ लाख २५ हजार १ सय २५ जना मतदाता रहेका छन् । कैलालीमा स्थानीय तहको निर्वाचनका लागि ३२ हजार ५ सय ९५ पुरुष र ३१ हजार ९ सय ४९ महिला तथा अन्य ३ जना गरी ६४ हजार ५ सय ४७ जना नयाँ मतदाता थपिएका थिए ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाका १३ वटै पालिकाका लागि २ सय ३६ मतदानस्थल तोकिएका छन् भने ६ सय १९ मतदान केन्द्र राखिएका छन् । ती केन्द्रमा ३ हजार ९४ कर्मचारी खटाइएका जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए । खटाइएका कर्मचारी मध्य दुई प्रतिशत कर्मचारी भने जगेडामा छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीका अनुसार कैलालीका १३ पालिका स्थित १३ प्रमुख पदका लागि १२ स्वतन्त्रसहित ७७ जनाले उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीका अनुसार धनगढी उपमहानगरपालिकामा १ स्वतन्त्र सहित ८ जनाले मेयर पदका लागि उम्मेदवारी दिएका छन् । यसैगरी गोदावरीमा २ स्वतन्त्र सहित ९ जनाले मेयर पदमा उम्मेदवारी दिएका छन् ।

जिल्लाको गौरिगंगा नगरपालिकामा १ स्वतन्त्रसहित ५, घोडाघोडी नगरपालिकामा १ स्वतन्त्रसहित ८ जना, टीकापुर नगरपालिकामा २ स्वतन्त्रसहित १० जना, भजनी नगरपालिकामा ६ जना र लम्कीचुहा नगरपालिकामा ३ स्वतन्त्र सहित १० जनाले मेयर पदमा उम्मेदवारी दिएका छन् ।

यसैगरी कैलारी गाउँपालिकामा ६, चुरे गाउँपालिकामा ३, जानकी गाउँपालिकामा १ स्वतन्त्रसहित ८, जोशीपुर गाउँपालिकामा ६, बर्दगोरिया गाउँपालिकामा ६ र मोहन्याल गाउँपालिकामा १ स्वतन्त्र सहित ५ जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।

कैलालीमा ५ स्वतन्त्र सहित ६७ जनाले उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीका अनुसार धनगढी उपमहानगरपालिकामा १ स्वतन्त्र सहित ६ जना, गोदावरी नगरपालिकाको उपमेयरमा ५ जना, गौरिगंगा नगरपालिकामा ४ जना, घोडाघोडीको उपप्रमुखमा १ स्वतन्त्रसहित ६ जना, टीकापुर नगरपालिकाको उपमेयरमा १ स्वतन्त्रसहित १० जना, भजनी नगरपालिकाको उपमेयरमा ५ जना, लम्कीचुहा नगरपालिकाको उपमेयरमा १ स्वतन्त्रसहित ६ जनाले उम्मेदवारी दिएका छन् ।

यसैगरी कैलारी गाउँपालिकामा १ स्वतन्त्रसहित ७ जना, चुरे गाउँपालिकामा ४, जानकी गाउँपालिकामा ५ जना, जोशीपुर गाउँपालिकामा ६ जना, बर्दगोरिया गाउँपालिकामा ५ जना र मोहन्याल गाउँपालिकामा १ स्वतन्त्र सहित ४ जनाले उम्मेदवारी दिएका छन् । स्थानीय तहको निर्वाचनका लागि कैलालीका १३ पालिकामा जम्मा ३ हजार ७३ जनाको उम्मेदवारी परेको छ ।

जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टका अनुसार निर्वाचनको सबै तयारी पूरा भएको छ । ‘सबै मतदान स्थलमा मतदान अधिकृतसहित निर्वाचन सामाग्री पुगिसकेको छ,’ उनले भने, ‘बिहानै देखि मतदानको कार्य सुरु हुने छ ।’

५२ मतदान स्थल अतिसंवेदनशीलको सूचीमा

कैलालीमा २ सय ३६ मध्य ५२ वटा मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील स्थलको सूचीमा राखिएका छन् । ती मतदान स्थलहरूमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गरी ४ वटा सुरक्षा निकायको टोलीले निगरानी गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार जिल्लाका ५२ केन्द्रलाई अति संवेदनशील, १ सय ३१ वटालाई संवेदनशील र ५३ वटा मतदान स्थलहरू सामान्य केन्द्रमा रूपमा निर्धारण गरिएका छन् ।

प्रत्येक पालिकामा बाहिरी घेरामा ३५ जनको नेपाली सेनाको टोली रहने जोशीले बताए । प्रत्येक संवेदनशील निर्वाचन केन्द्रमा ३ जना म्यादी सहित ८ देखी ९ जना सुरक्षा कर्मी, अति संवेदनशील ठाउँमा ५ जना प्रहरी सहितको टोली र सामान्यमा २ जना प्रहरी र ४ जना म्यादी प्रहरीको टाली परिचालन गरिएको छ ।

त्यस्तै, सशस्त्र प्रहरीको हकमा डिएसपीको कमाण्डमा तिन ओटा मोबाइल टोलीसहित प्रत्येक केन्द्रमा २७ जना खटाइने छन् । प्रत्येक नगरपालिकामा ५ देखी ३ जना सम्मको स्टकिङ्ग फोर्स राखिएको प्रहरी प्रवक्ता जोशीले बताए ।

‘हरेक क्षेत्रमा प्रहरी निरीक्षकको कमाण्डमा २ ओटा मोबाइल टोली र एउटा टकिंग फोर्स छ । कम्तीमा २ ओटा मोबाइल टोलीहरू प्रत्येक गाउँपालिका जान्छ,’ उनले भने, ‘त्यसबाहेक नेपाली सेना र सशस्त्रको टोलीले पनि सुरक्षा दिने छ ।’

यस्तै, जिल्लाभरि डिएसपीको कमाण्डमा ५ वटा टोली खटाइने छन् । सो टोलीमा १ सय ७५ जनाको संयुक्त सुरक्षा टोली हुने छ । सो टोली आवश्यकता अनुसार परिचालन गरिने र मुख्य निर्वाचन कार्यालयमा ५/५ जनाको टोली निर्वाचन अधिकृतको सुरक्षाको लागि खटाइएको जोशीले बताए ।

त्यस्तै, एसपीको कमाण्डमा १० जनको टिम अनुगमनको लागि तयार पारिएको छ । भने आवश्यक परे विशेष अधिकार सहित र सुरक्षाकर्मीसहितको टोली पनि उप–सचिव तथा अफिसरले नेतृत्व गर्ने गरी व्यवस्था मिलाइएको उनले बताए ।

सुदूरपश्चिममा ११ सय ३५ मतदानस्थल

निर्वाचन आयोगका अनुसार सुदूरपश्चिममा मतदानका लागि ११ सय ३५ मतदान स्थल राखिएका छन् । ती मतदान स्थलमा २ हजार १ सय ३ ओटा मतदान केन्द्र रहेका छन् । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा ८ लाख ८० हजार ६ सय ८२ जना पुरुष र ८ लाख ३१ हजार ४ सय ७० जना महिला तथा १८ जना अन्य गरी १६ लाख ३२ हजार १ सय ५२ मतदाता रहेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ७ : ५९ बजे

पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख

कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ८२ करोड विनियोजन

खोटाङ– कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक

सिलिङभित्रकै योजना काटिएपछि गण्डकीमा कांग्रेस सांसदलाई तनाव

पोखरा- प्रदेशसभा सदस्यमा उम्मेदवार हुँदैखेरी बागलुङका दीपेन्द्रबहादुर थापाले मतदातासामु बेनी

सरकारले प्रस्तुत गरेको बजेट सबैलाई समेट्ने गरी बनाएको छ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले यस पटक बनाइएको बजेट सबै क्षेत्र,