मतदानमा भाग लिई सार्वभौम अधिकारको प्रयोग गर्न इन्सेकको अपिल « Khabarhub

मतदानमा भाग लिई सार्वभौम अधिकारको प्रयोग गर्न इन्सेकको अपिल


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाली जनताले भोलि हुने निर्वाचनमार्फत आफूलाई मन परेको उम्मेदवार तथा राजनीतिक दललाई छान्न पाउने संविधान प्रदत्त सार्वभौम अधिकार प्रयोग गर्न अपिल गरेको छ । 

इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा कुनै डर, धाक धम्की, त्रास र प्रलोभनमा नपरी मतदान गर्न सम्पूर्ण मतदातालाई अपिल गरिएको छ ।

स्थानीय तहको निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आम जनसमुदायमा अनुरोध गर्दै मानव अधिकार, सामाजिक न्याय र विधिको शासनको प्रक्रियाको शुद्धीकरण र सबलीकरणमा स्थानीय तहको निर्वाचनले महत्वपूर्ण भूमिका हुने उल्लेख छ ।

यही वैशाख ३० गते ७५३ स्थानीय तहका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । विसं २०७४ मा तीन चरणमा निर्वाचन भएको थियो । संविधानको भावना र स्थानीय तह निर्वाचन ऐनअनुसार पाँच वर्षको कार्यकाल सकिएकै दिन निर्वाचन गर्ने निर्णय भएको हो । 

“जननिर्वाचित प्रतिनिधिले प्रशासनिक व्यवस्थापकीय तथा कार्यकारी क्रियाकलाप आधिकारिकरूपमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन कार्यक्रम कार्यान्वयन गर्छन्”, प्रेस विज्ञप्तिमा भनिएको छ, “निर्वाचित प्रतिनिधि स्वाभाविकरूपमा स्थानीय जनताप्रति जिम्मेवार हुन बाध्य हुन्छन्, फेरि लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउने काम सबैभन्दा बढी स्थानीय तहले नै गर्ने हो, लोकतन्त्र बलियो बनाउन जनताको सहभागिता महत्वपूर्ण हुन्छ ।”

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ८ : ११ बजे

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको