निर्भयतापूर्वक विवेकसम्मत् रूपले मतदान गर्न गृहमन्त्रीको अपिल « Khabarhub

निर्भयतापूर्वक विवेकसम्मत् रूपले मतदान गर्न गृहमन्त्रीको अपिल


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले निर्भयतापूर्वक विवेकसम्मत् रूपले मतदान गर्न अपिल गरेका छन् ।

आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न बिहीबार उनले अपिल गरेका हुन् ।

भोलि स्थानीय तह निर्वाचन हुँदैछ।

स्वच्छ, निष्पक्ष धाँधलीरहित र शान्तिपूर्ण तरिकाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उनले अपिलमा उल्लेख गरेका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्दै विधिको शासनलाई सुदृढ बनाई निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउँदै जनस्तरसम्म शान्ति, स्थिरता, समृद्धि र सुशासन कायम गर्दै विकासको प्रतिफल जनताको घर आँगनसम्म पुर्‍याउन निर्वाचनमा सक्रियरूपमा सहभागी भइदिनुहुन सम्पूर्ण मतदाताहरूलाई विनम्रतापूर्वक आग्रह गर्दछु’ उनले भनेका छन् ।

मतदाताको अभिमतले देश र देशबासीको समृद्धिमा सहयोग पुर्‍याउने उनले विश्वास लिएका छन् ।

 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ९ : ४२ बजे

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको