प्रहरी वरिष्ठ नायव निरीक्षक भट्ट निलम्बित « Khabarhub

प्रहरी वरिष्ठ नायव निरीक्षक भट्ट निलम्बित


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्रप्रसाद भट्ट निलम्बनमा परेका छन् ।

भट्ट कैलालीको सुगरखाल इलाका प्रहरी कार्यालय दरबन्दी भई हाल सुर्खेतमा कार्यरत रहेका थिए ।

प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टले स्थानीय तह निर्वाचनमा थप मद्दतका रूपमा सुर्खेतको पञ्चपुरी नगरपालिका-७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा कमाण्डरको रूपमा खटिएको अवस्थामा नेपाल प्रहरी संगठनको छविमा आँच आउने एवम् अन्य प्रहरी कर्मचारीलाई असर पुर्‍याउने किसिमको कार्य गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक छानबिनमा आफूलाई सुम्पिएको जिम्मेवारी प्रहरी नियमावली विपरीत आचरण व्यवहार तथा गैरव्यावसायिक कार्य गरेको पुष्टि हुन आएकोले प्रहरी उपरीक्षकको निर्णयअनुसार उनलाई ३ महिनाको लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ९ : ५५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर