प्रहरी वरिष्ठ नायव निरीक्षक भट्ट निलम्बित « Khabarhub

प्रहरी वरिष्ठ नायव निरीक्षक भट्ट निलम्बित


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्रप्रसाद भट्ट निलम्बनमा परेका छन् ।

भट्ट कैलालीको सुगरखाल इलाका प्रहरी कार्यालय दरबन्दी भई हाल सुर्खेतमा कार्यरत रहेका थिए ।

प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टले स्थानीय तह निर्वाचनमा थप मद्दतका रूपमा सुर्खेतको पञ्चपुरी नगरपालिका-७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा कमाण्डरको रूपमा खटिएको अवस्थामा नेपाल प्रहरी संगठनको छविमा आँच आउने एवम् अन्य प्रहरी कर्मचारीलाई असर पुर्‍याउने किसिमको कार्य गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक छानबिनमा आफूलाई सुम्पिएको जिम्मेवारी प्रहरी नियमावली विपरीत आचरण व्यवहार तथा गैरव्यावसायिक कार्य गरेको पुष्टि हुन आएकोले प्रहरी उपरीक्षकको निर्णयअनुसार उनलाई ३ महिनाको लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ९ : ५५ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय