पोखरा सडकमा नाला सफाइपछि खाल्डा पुर्न थालियो « Khabarhub

पोखरा सडकमा नाला सफाइपछि खाल्डा पुर्न थालियो


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने भएको छ । महानगरमा नयाँ जनप्रतिनिधि आएसँगै ढल र नाला सफाइ गरिएकोमा अब खाल्डाखुल्डी पुर्न थालिएको हो । अभियानमा मेयर धनराज आचार्य आफै होमिएका छन् ।

३३ वटै वडामा ढल र नाला सफाइ अभियानलाई निरन्तरता दिइएको छ । नगरमा डुलिहिँड्ने छाडा चौपायालाई देख्नेवित्तिकै कान्जी हाउस पुर्‍याउन थालिएको छ ।
शनिबारदेखि भने सडकका खाल्डा पुर्ने अभियान सुरु भएको छ । यसका लागि पूर्वाधार महाशाखा प्रमुख पूर्ण गुरुङको नेतृत्वमा समूह नै बनेको छ । मुख्य सडक र सहायक सडकमा खाल्डा परेर गाडी गुड्न समस्या भएपछि तत्कालै खाल्डा पुर्न थालिएको हो ।

गुरुङका अनुसार खाल्डा परेको थाहा पाएपछि तीनदिन भित्रमा पुरिसक्ने अभियान थालिएको हो । ‘खाल्डा परेको जानकारी महानगरलाई आउनुपर्छ । त्यसको ३ दिनभित्र पुरिसक्छौं,’ उनले भने, ‘यसलाई अझै द्रुत बाटोबाट गर्ने प्रयास गर्नेछौँ ।’ शनिबार पोखरा वडा नम्बर ५ का विभिन्न सडकको खाल्डा पुरिएको छ ।

कालोपत्रे गर्ने अलकत्रा बनाउन भने समस्या छ । त्यसका लागि छुट्टै प्रविधि भित्र्याउनुपर्ने सव इन्जिनियर नेत्र तिमिल्सीना बताउँछन् । ‘खाल्डा पुर्ने काम सजिलो छैन । हेर्दा सानो भए पनि काम निकै कष्टपूर्ण छ । अलकत्रा जता पायो त्यहीँ पोल्न मिल्दैन,’ उनले भने, ‘प्रदूषण हुन दिन पनि भएन । झन्झट कम हुने गरी प्रविधिको विकास गर्नुपर्छ । त्यसको खोजीमा महानगर लागेको छ ।’

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ७ : ४३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असार १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा