बिर्सन नसक्ने महामारीका ती दिन | Khabarhub Khabarhub

बिर्सन नसक्ने महामारीका ती दिन


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोभिड-१९ सुरु भए यता भारतमा मात्र करिब ६ लाख जना भन्दा धेरैको मृत्यु भएको तथ्याङ्क छ। तथ्याङ्कमा यो भए पनि यथार्थमा त्यो भन्दा धेरै गुणा बढीको ज्यान गएको अनुमान गरिएको छ।

एक वर्ष अघि भारत र नेपालको अवस्था कोरोना महामारीको दोस्रो लहरका कारण भयावह थियो। यी दुई देशमा धेरै जना कोभिडमा ज्यान गुमाउनेको सम्झना वैशाख र जेठ महिनामा नै परेको छ। जीवनको क्षति नभएकाहरू पनि अहिले त्यस समयमा गरेको सङ्घर्षलाई स्मरण गरिरहेका छन्।

एक वर्ष अगाडि कलकत्ताको एक अस्पतालको दुई भिन्न तलामा रहेर कोभिडबाट जीवनलाई बचाउन एक दम्पतीले गरेको सङ्घर्ष त्यत्तिकै पीडादायक छ। ती मध्य एक त हामीभन्दा टाढा भए।

पाप्री चौधरी आफै पनि रोगसँग लडिरहेकी थिइन्। एक साता भन्दा बढी समयको ज्वरोका कारण उनी गलेकी थिइन्। यसका बाबजुद आइसीयूमा रहेका श्रीमानको अनुहार उनले अनुनय गरेर हेर्न पाएकी थिइन्। फेस सिल्ड र पन्जा लगाइएकी उनलाई ह्विलचियरमा राखेर आइसियुसम्म श्रीमानको नुहार हेर्नकै लागि लगिएको थियो।

‘म अझै सास फेर्न सक्दिन’ मेसिनबाट सास लिइरहेका अरुण प्रकाशले त्यो समय भाव विभोर हुँदै भनेका थिए। ५८ वर्षीय श्रीमानलाई हेरेर पाप्री डराइरहेकी थिइन्। ‘उ एउटा योद्धा हो। उ ठिक भएर आउने छ’, नर्सले सान्त्वना दिएका थिए।

त्यसको चार दिनपछि नै भारतले इन्जिनियर तथा नाम चलेका पौडीबाज अरुण प्रकाशलाई गुमायो। त्योसँगै डर लाग्दो कोभिड महामारीमा ज्यान गुमाउनेको सूचीमा अर्को सङ्ख्या थपियो। एक वर्षपछि पनि पाप्री त्यत्तिकै भाव विभोर छिन्। भन्छिन्, ‘कोभिडले मेरो सर्वस्व लिएर गएको छ।’

४८ वर्षीया चौधरीको जीवन बदलिएको छ। मन परेको खाने, लगाउने र अन्य कुनै महोत्सव मनाउने लगायतका कुनै पनि कुरामा उनको रुचि छैन। एक वर्षसम्म पनि श्रीमानलाई सम्झेर टोलाउन उनले छाडेकी छैनन्। भन्छिन्, ‘मैले मेरो मुटुमा एउटा प्वाल पारेको छु र त्यहाँ मेरो श्रीमानलाई लुकाएर राखेकी छु।’

आफूलाई प्रकृतिले नै अत्याचार गरेको आभास उनलाई भएको छ। तर, जीवन त्यत्तिकै व्यर्थ खेर फाल्ने कुरा पनि भएन। योग्य थेरापिस्ट बन्नकै लागि उनले मनोविज्ञानको कक्षा लिन थालेकी छिन्। यसैगरी, आफन्त गुमाउने धेरैका फोन अहिले पनि आउने गरेको छ। ‘आफूले बिताएको दिनचर्या बाहेकका कामको खोजी गर्ने, जीवनमा गर्न बाँकी रहेका झैँ लागेका काममा ध्यान दिने,’ उनले म्यासेजमार्फत् बाँकी जीवन सुन्दर बनाउने तरिकाका बारेबताउने गरेकी छन्।

अहिले उनी एउटा पुस्तक लेखेर बसेकी छन्। यसमा चौधरीले आफ्नो वैवाहिक जीवनको तीन दशक तथा श्रमान्को निधन पछिका दुखलाई व्यक्त गर्ने छिन्। उनले महामारी कालमा निधन भएकाको परिवारको बारेमा भारतीय सरकारको चासोका बारे कुरा उठाउने भएकी छिन्।

‘मानिसले महामारीलाई बिर्सिए जस्तो छ। त्यो समयमा के भएको थियो भन्ने सबैले बिर्सिए जस्तो छ। मृतकको स्मरण अनिवार्य हो ,’ उनले भनिन्।

गत फेब्रुअरी महिनामा चिकित्सक र सामाजिक अभियन्ताले महामारीमा जीवन गुमाउनेको स्मरणमा भर्चुअल कार्यक्रम आयोजना गरेका थिए। कसैले त म अब बाच्न सक्छु या सक्दिन भन्ने आशङ्का व्यक्त गरेका थिए ।

एक वर्षको अन्तरालमा स्मारकमा ३ सय जनाको मात्र नाम लेखाइएको छ। फेब्रुअरी महिनामै राइट टु इन्फरमेसन (आरटीआई) ले सरकारलाई यसको विवरण पठाउन उल्लेख गरेको थियो। ११ राज्यले मात्र यसमा चासो दिए। उनीहरूले जम्मा १ सय ८२ नाम उपलब्ध गराए।

‘हामीले मृतकको नाम उपलब्ध गराउनसमेत चासो नदिनुको मतलब चाँडो बिर्सन सक्छौ भन्ने हो। अथवा पास्ट इज पास्ट भन्ने सोचले पनि यसो भएको हुन सक्छ,’ डा. अभिजित चौधरीले यस बारेमा भनेका छन्।

एक वर्ष अगाडि लाखौँको ज्यान गएको थियो। स्वास्थ्य संयन्त्र नै असफल भएको थियो। त्यस महामारीको समयमा अति आवश्यक औषधि र अक्सिजनको अभाव थियो। कतिपय आइसीयूमा बितेका व्यक्तिको अन्तिम संस्कारमा परिवारका निकट व्यक्तिको समेत उपस्थिति थिएन।

डा. चौधरीकै विचारमा विगतमा फर्कन पनि कठिन मान्नुको मतलब त्यस तथ्यलाई अस्वीकार गरिएको हो।

अहिले शोकको प्रवृत्ति फेरिएको छ। धेरै जना सहर केन्द्रित भएका छन्। तिनीहरूको दुख आफैमा गुम्सिएका छन् र एकदम नजिकका व्यक्तिलाई मात्र थाहा दिन्छन्।

धेरैले त्यो आइसोलेसनको दुःख र आफन्त गुमाउनको पीडालाई बिर्सनु आवश्यक ठहर गरेका छन्। एन्जाइटीबाट मुक्त हुन पनि त्यो बिर्सन आवश्यक भएको उनीहरूको ठहर छ।
केहीले भने महामारी कम भएपछि सहयोगी समूहको स्थापना गरेका छन्।

चिकित्सकसमेत रहेका ५९ वर्षी श्रीमान् श्रीधरको मृत्यु भएपछि रजनी जग तापले सहयोगी समूहको स्थापना गरेकी छिन्। त्यस समूहले आफन्त गुमाएकामा काउन्सिङ गर्ने काम गरेको छ। जग ताप आफै पनि चिकित्सक हुन्।

‘सबैको अनुभव उस्तै छ’ जग तापले भनिन्, ‘खराब स्वास्थ्य प्रणालीका कारण श्रीमान् मरेकाले कतिपयले चिकित्सकलाई दोष लगाइरहेका छन्। कतिपयको घरबाट यातना दिन सुरु भएको छ।’

त्यस समूहमा ६० जना छन्। यी मध्य थेरापिस्ट, क्लिनिकल साइकोलोजिस्ट, कानुन व्यवसायी र योगा प्रशिक्षकलगायत छन्। एक महिलाले बच्चा गुमाएको एक वर्षपछि भाइरसका कारण श्रीमान् गुमाएकी हुन्। अर्की एक महिलाले एकै दिन एउटै अस्पतालमा श्रीमान् र देवरानीलाई गुमाएकी थिइन्।

डा. जग तापकै विचारमा कसैले पनि ती घटना बिर्सिएका छैनन्। बिर्सन सकिने पनि होइनन्। भारतकी चर्चित मनोचिकित्सक सुमित्रा पठारे मान्छे विस्तारै नयाँ जीवनमा अभ्यस्त हुँदै पुरानो कुराबाट पन्छिन थालेका बताउँछिन्।

पठारे भन्छिन्, ‘यसको मतलब कसैलाई दुख छैन भन्ने होइन। तर, पीडामा अलमलिएर बस्ने समय नै छैन।’

गत वर्षको गृष्मको त्यो कहालीलाग्दो रात चौधरीले अझै बिर्सिएकी छैनन्। मध्य रातमा अस्पतालबाट फोन आउने बित्तिकै अत्तालिएर उनको त्यो फोन उठाउने हिम्मत पनि गर्न सकेकी थिइनन्। उनले छोरी तानीसालाई फोन उठाउन भनिन्। तानीसा कोठाबाट बाहिर निस्किएर कुरा गर्न थालिन्। भित्र आउँदा गलेर खरानी भइसकेकी थिइन्। रसिलो आँखा भएको छोरीले भनिन्, ‘बाबा अब हुनु हुन्न।’ त्यही समय अब बाँकी जीवन कति कठिन हुने भन्ने चिन्ताले चौधरीलाई छोएको थियो।

२०१९ को अन्त्यमा चीनको हुवान प्रान्तमा सुरु भएको यो महामारीले २०२० को अप्रिल र मे महिनामा युरोप र अमेरिकालाई साँच्चै झस्काएको थियो। योक्रम दक्षिण अमेरिकी देशमा पनि बढेको थियो।

दक्षिण एसियामा तत्काल भाइरस सङ्क्रमण बढे पनि गत वर्षको गृष्ममा भने भयावह अवस्थाको सृजना भएको थियो।

अहिले हामी सामान्य जीवनमा फर्कीरहेका छौ। यो बीचमा ६३ लाख भन्दा बढीको कोरोनाको कारण निधन भएको छ।

हुन त हरेकका लागि आफन्तको मृत्यु पीडादायक हुन्छ नै। अल्पायुमा निधन अझ धेरै पीडा हो। यो पीडा संसारका धेरैले भोगेका छौ। नेपालमा पनि भोगिएका छन्। एक वर्ष अगाडिका हाम्रा दिन सम्झने हो भने भारतीय र नेपालीकै लागि साँच्चै कहाली लाग्दो थियो।

सायद हामी हरेकले परिवारको सदस्य, साथी, नजिकका आफन्त या मिल्दो छिमेकी मध्य कोही न कोही गुमाएका छौं। सायद देशको स्वास्थ्य संयन्त्र बलियो बनाउने र महामारीमा अभिभावक गुमाएका बालबच्चाको जीवनमा ध्यान दिनु नै साँच्चै दिवंगत प्रतिको सही श्रद्धाञ्जली हुनसक्छ। स्रोत : बिबिसी, वल्डोमिटर

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ९ : ११ बजे

कानुनमा साना उद्योग प्रवर्द्धनको व्यवस्था गर्न माग

काठमाडौं– लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्न औद्योगिक व्यवसाय

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा

कास्की – पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’

भक्तपुर केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्प

काठमाडौं– भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार फेरि अर्को भूकम्प गएको छ।

रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु

काठमाडौं – रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु भएको

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए पत्र

काठमाडौं – प्रहरी समायोजनको माग गर्दै सात प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्री