आईपीएल: रोमाञ्चक भिडन्तमा पञ्जाब पराजित, दिल्ली ३ विकेटले विजयी « Khabarhub

आईपीएल: रोमाञ्चक भिडन्तमा पञ्जाब पराजित, दिल्ली ३ विकेटले विजयी


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – माधव तिवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । पञ्जाबले दिएको २११ रनको विशाल लक्ष्य दिल्लीले ६ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गरेको हो ।

निर्धारित २० ओभरमा पञ्जाब किंग्सले ५ विकेट गुमाउँदै २१० रनको बलियो योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले सुरुदेखि नै आक्रामक खेल खेलेको थियो । दिल्लीका लागि जित दिलाउन माधव तिवारीले निर्णायक भूमिका खेले । उनले मात्र ८ बलमा विष्फोटक १८ रन जोड्दै टोलीलाई फिनिसिङ लाइन पार गराए ।

दिल्लीको जितमा कप्तान अक्षर पट्टेल र डेभिड मिलरले अर्धशतकीय इनिङ खेले । पट्टेलले ३० बलमा ५६ रन बनाउँदा मिलरले २८ बलमा ५१ रन बनाउँदै विष्फोटक ब्याटिङ गरेका थिए ।

ब्याटिङ अघि बलिङमा पनि तिवारीले महत्वपूर्ण २ विकेट लिए । ४० रन खर्चेर २ विकेट लिनुका उनी ‘प्लेयर अफ द म्याच’ बने ।

पञ्जाबका बलरले अन्तिम ओभरमा लय गुमाउँदा दिल्लीले १९ ओभरमै २१६ रन बनाउँदै खेल आफ्नो पक्षमा पारेको थियो । यो जितसँगै दिल्ली क्यापिटल्स १२ खेलमा १० अंक जोडेर सातौ स्थानमा सीमित छ । ११ खेल खेलेको पञ्जाब १३ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ६ : ०५ बजे

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले