व्यवस्थापन गतिलो नहुँदा देश विकास भएन : बिजुक्छे | Khabarhub Khabarhub

व्यवस्थापन गतिलो नहुँदा देश विकास भएन : बिजुक्छे


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- ख्वप कलेजमा आइतबारदेखि आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्रो राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरेका छन् ।

उनले व्यवस्थापन गतिलो नहुँदा देशको विकासले गति लिन नसकेको बताए । मोहियानी हक नदिई कमैया मुक्त गर्दा कमैयाहरूले खान नपाई फेरि कमैया नै बस्न आउनुपर्ने बाध्यता भएको बताउँदै उनले सरकारमा बसेकाहरूले व्यवस्थापन नबुझ्दा यो समस्या पटक पटक आउने गरेको उल्लेख गरे ।

भक्तपुर नगरपालिकाका मेयर एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति, उपमेयर एवं कलेज व्यवस्थापन समितिकी उपाध्यक्ष रजनी जोशी, प्रदेश सांसद सुरेन्द्रराज गोसाई, राष्टिय योजना आयोगका सदस्य डा. रामकमार फुयाँल, त्रिभुवन विश्वविद्यालय योजना महाशाखाका निर्देशक प्रा.डा. ध्रुवकुमार गौतम, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठलगायतले व्यवस्थापनको महत्त्वबारे चर्चा गरे ।

आयोजक कलेजका प्राचार्य रूपक जोशीले सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन हुने बताए । दोस्रो दिन चार वटा टेक्निकल सेसन हुने उनेको भनाइ छ ।

पहिलो दिन प्रा.डा. पुष्कर बज्राचार्य, प्रा.डा. ध्रुवकुमार गौतम र डा। रामकुमार फुयाँल र दोस्रो दिन प्रा.डा. आरन स्थापित, डा. जितेन्द्र डंगोल र नरबहादुर थापा प्लेनरी सेक्सनमा रहने कलेजले जनाएको छ । सम्मेलनमा ४० जनाभन्दा बढीले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  १२ : २० बजे

काभ्रेमा पनौतीबाहेक सबै स्थानीय तहले ल्याए बजेट तथा कार्यक्रम

काभ्रेपलाञ्चोक– यहाँका १३ स्थानीय तहमध्ये १२ ले तोकिएको समयभित्र नै

भन्सारसम्बन्धी विधेयकमाथि विधायन समितिमा सैद्धान्तिक छलफल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी

सीएनएनको समाचारले ट्रम्पलाई तनाव, भने- फोर्डोबाट इरानले युरेनियम हटाएको मलाई विश्वास छैन

वासिङ्टन- अमेरिकी सञ्चार संस्था सीएनए र न्यूयोर्क टाइम्सले इरानका परमाणु

स्थानीय सरकारलाई बजेट लेख्नै सकस

काठमाडौँ – मङ्गलबार (हिजो) ७५३ वटा स्थानीय सरकारमध्ये अधिकांशले आगामी

मोरङका १६ पालिकाको बजेट १६ अर्ब ५७ करोड

मोरङ– आगामी आर्थिक वर्ष २०८२-८३ का लागि यहाँका १६ स्थानीय